जिसस मकवानपुरद्धारा प्रहरी उपरिक्षक गौतमलाई स्वागत

तामसालिङ खबर
१६ श्रावण २०७९, सोमबार ०८:१८

साउन, हेटौडा – जिल्ला समन्वय समिति (जिसस) मकवानपुरले जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रमुखलाई स्वागत गरेको छ ।

आईतबार कार्यालयमा एक कार्यक्रमको आयोजना गरेर भर्खरै सरुवा भएर आउनु भएका मकवानपुरका प्रहरी प्रमुख प्रहरी उपरिक्षक वामदेव गौतमलाई स्वागत गरेको हो ।

जिसस प्रमुख ललितबहादुर घलान, उपप्रमुख सानुकाजी लुईटेल, सदस्यहरु बिरेन्द्रकुमार लामा, सुनिता दर्नाल, सुमित्रा थिङ, निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेल लगायतले प्रहरी उपरिक्षक गौतमलाई खादा लगायर स्वागत गर्नु भएको थियाे ।

जिसस घलान र उपप्रमुख लुइटेलले प्रहरी उपरिक्षक गौतमको कार्याकाल सफलताको शभकामना समेत व्यक्त गर्नु भएको थियो । उहाँहरुले समन्वय र सहकार्य गरेर अगाडी बढ्नु पर्ने धारणा राख्न भएको थियो ।

प्रहरी उपरिक्षक गौतमले यस अघि पनि मकवानपुर जिल्लामा रहेर काम गरेको अनुभव रहेको भन्दै समन्वय र सहकार्य निरन्तर रहने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले जिल्ला समन्वय समितिबाट सक्दो सहयोगको अपेक्षा रहेको र आफुले पनि सक्दो सहयोग गर्ने बताउनुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*