मनहरीको रमौली र प्रतापपुर क्षेत्रमा बाघ देखियो, सचेत अपनाउन आग्रह
साउन, हेटौडा (मनहरी) – पछिल्लो केहि दिन यता देखि मनहरीको रमौली र प्रतापपुर क्षेत्रमा पाटेबाघ देखिएकाले सबैलाई सर्तकता अपनाउन आग्रह गरिएको छ ।
मनहरी उपभोक्ता समितीले एक सुचना जारी गर्दै मनहरी गाउपालिका वडा नम्बर ६ र ७ स्थित प्रतापपुर रमौली क्षेत्रमा पाटे बाघको निरन्तर देखिरहेकाले जंगल क्षेत्रमा एक्लै नजान आग्रह गरिएको छ ।
रमौली प्रतापपुरको केहि क्षेत्रमा घना काँसघारी रहेकोले उक्त क्षेत्रमा जाँदा सचेत अपनाउन आग्रह गरिएको छ । त्यस्तै रमौली प्रतापपुरको ड्याम क्षेत्रमा बिहान पख गरिने मर्निङ वर्क तथा हिंडडुल नर्गन समेत आग्रह गरिएको छ ।
क्यामेरालेट्रयापिङ्ग गरि बाघको पहिचान गरेर बाघलाई सुरक्षित स्थानमा स्थानतरण गरि मानविय तथा अन्यको क्षति हुन नदिन समिति निरन्तर निगरानीमा राखिरहेको मनहरी उपभोक्ता समितिका सचिव कमल राईले बताए ।






