तामाङ पत्रकार संघ मकवानपुरले नवनिर्वाचित जनप्रतिनिधिलाई सम्मान तथा अन्तरक्रिया गर्दै प्रसारण दिवस मनाउने

तामसालिङ खबर
२० श्रावण २०७९, शुक्रबार ०९:४४

साउन, हेटौडा – तामाङ पत्रकार संघ मकवानपुर शाखाले २८ औ तामाङ प्रसारण दिवसको अवसरमा जनप्रतिनिधि र तामाङ पत्रकार विच अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरिने भएको छ ।

प्रत्येक वर्षको भदौ १ गते मनाइदै आएको प्रसारण दिवसको अवसरमा बिहिबार बसेको बैठकले तामाङ पत्रकारितामा रहेको अवसर, चुनौती र सम्भावनाका बारेमा मकवानपुरका स्थानिय तहका प्रमुख र उप–प्रमुख सहितको जनप्रतिनिधि संग तामाङ पत्रकारहरुले अन्तरक्रिया गर्न लागेको हो ।

त्यस्तै सो कार्यक्रममा निर्वाचित जनप्रतिनिधिहरुलाई बधाई ज्ञापन तथा सम्मान कार्यक्रम पनि रहेको संघका अध्यक्ष जयराम मुक्तानले बताए ।
कार्यक्रम नेपाल पत्रकार महासंघ मकवानपुर शाखाको सभाहलमा दिउसो १ बजे हुने बताएको छ।

२०५१ साल भदौ १ गते पहिलो पटक रेडियो नेपालबाट तामाङ भाषाको समाचार प्रशारण भएको थियो । उक्त दिनको सम्झना गर्दै नेपाल अधिराज्य भरका तामाङ पत्रकारहरुले प्रत्येक वर्षको भदौ १ गतेको दिनलाई तामाङ प्रशारण दिवसको रुपमा मनाउदै आईरहेको छ ।

हाल तामाङ भाषामा नेपाल अधिराज्य भरको बिभिन्न एफ एम तथा टेलिभिजनमा समाचार तथा कार्यक्रमहरु प्रसारण भइरहेको छ भने तामाङ भाषामै बिभिन्न जिल्लामा पत्रपत्रिका समेत प्रकाशनमा रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*