जिसस मकवानपुरको आठौँ सभा : राक्सिराङ गाउँपालिका प्रथम

तामसालिङ खबर
२५ श्रावण २०७९, बुधबार १९:३१

साउन, हेटौडा – मकवानपुरको १० वटा स्थानीय तहमा राक्सिराङ गाउँपालिका प्रथम भएको छ । बुधबार जिल्ला समन्वय समिति मकवानपुरको आठौँ सभाको अवसरमा राक्सिराङ गाउँपालिका प्रथम भएको घोषणा भएको हो ।

जिल्ला समन्वय समितिले आन्तरिक मुल्याङ्कनको आधारमा प्रत्येक वर्ष जिल्लाका ३ स्थानीय तहलाई प्रथम, दित्तीय र तृत्तिय घोषणा गर्ने सोहि मुल्याङ्कन अनुसार राक्सिराङ गाउँपालिका प्रथम हुन सफल भएको समितिका अध्यक्ष ललित बहादुर घलानले बताउनु भयो ।

त्यस्तै, ईन्द्रसरोवर गाउँपालिका दोस्रो र बागमती गाउँपालीका तेस्रो हुन सफल भएको छ । आठौँ जिल्ला सभाको अवसरमा पहिलो, दोस्रो र तेस्रो हुन सफ भएका तिनै स्थानीय तहलाई प्रमाणप-पत्र सहित खादा ओढाएर सम्मान गरेको थियो ।

बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेको प्रमुख आतिथ्यता तथा जिसस मकवानपुर प्रमुख ललितबहादुर घलानको सभाध्यक्षतामा कार्यक्रम भएको हो। भने उपप्रमुख सानुकाजी लुईटेलले निती तथा कार्यक्रम प्रस्तुत गर्नुभएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*