हेटौडामा भएको हाजिरीजवाफ प्रतियोगितामा जुम्ला प्रथम

तामसालिङ खबर
२८ श्रावण २०७९, शनिबार १७:३७

साउन, हेटौंडा – तेश्रो राष्ट्रिय खुला हाजिरीजवाफ प्रतियोगितामा जुम्ला प्रथम भएको छ । शुक्रबार युवा रेडक्रस सर्कल हेटौंडा र लायन्स क्लब अफ हेटौंडा सुर्योदय प्लसको आयोजनामा भएको प्रतियोगितामा जुम्लाको समुह प्रथम हुन सफल भएको हो ।

अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा भएको प्रतियोगितामा जुम्ला जिल्लाको दिपक खत्री र लोकराज अबस्थीको समुह प्रथम भएकोे छ । गोरखा जिल्लाको प्रेम पाठक र लक्ष्मण बसेलको समुह द्वितीय र मकवानपुर जिल्लाको सुशील भण्डारी र पुजन न्यौपानेको समुह तृतीय हुन सफल भएको  छ ।

प्रथम, द्वितीय र तृतीय हुने समुहले क्रमशः २५ हजार रुपैयाँ, १५ हजार रुपैयाँ र १० हजार रुपैयाँसहित मेडल प्राप्त गरेका छन् । जिल्ला युवा समिति मकवानपुरको समन्वयमा कार्यक्रम भएको थियो । युवा रेडक्रस सर्कल हेटौैंडाका अध्यक्ष सुजन खतिवडाको सभाध्यक्ष तथा बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो ।

कार्यक्रममा जिल्ला समन्वय समिती मकवानपुरका प्रमुख ललित बहादुर घलान, हेटौंडा ४ का वडाध्यक्ष नवीन सिग्देल, जिल्ला युवा समिती मकवानपुरका अध्यक्ष शिबहरि दाहाल, नेपाल रेडक्रस सोसाइटी मकवानपुरका सभापति सुर्यचन्द्र न्यौपाने तथा लायन्स क्लब इन्टरनेसनल डिष्ट्रीक ३२५ एसका दोस्रो गभर्नर टासी डोल्मा टुम्बाहाम्फे, नेपाल रेडक्रस सोसाइटी हेटौंडा उपशाखाका सचिव किशन घिसिङ्ग, कोषाध्यक्ष हिक्मत श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*