अन्तर्राष्ट्रिय पुरस्कारबाट डा. तामाङ सम्मानित
साउन, काठमाडौं – डा. दिलबहादुर थोकर तामाङ अन्तर्राष्ट्रिय पुरस्कारबाट सम्मानित भएको छ ।
अन्तर्राष्ट्रिय युवा दिवसको अवसरमा प्रोजेक्ट हन्ड्रेडले सम्मानपत्र, अवार्ड र ट्रफीसहित उहाँलाई सम्मान गरेको हो । सामाजिक क्षेत्रमा योगदान पुर्याएको भन्दै डा. तामाङसहित नेपालबाट १० जनालाई ‘ग्लोबल चेन्जमेकर्स अवार्ड’ दिइएको छ ।
यस अवार्डबाट भारत, भुटान, श्रीलंका, कोरिया लगायत एसिया क्षेत्रका धेरै युवाहरू सम्मानित भएको थियो । यस प्रोजेक्टले युवाहरूले विभिन्न सामाजिक कार्यमा सहयोग गरेबापत एसिया क्षेत्रभरिको युवालाई सम्मान गर्दै आइरहेको छ ।
अन्तर्राष्ट्रिय पुरस्कार दिइएकोमा आयोजक संस्थालाई डा तामाङले धन्यवाद व्यक्त गर्नुभएको छ । उहाँले विगत चार वर्षदेखि कान्छीमाया फाउन्डेशन मार्फत स्वास्थ्य, शिक्षा, अपाङ्ग, अनाथ बालबालिका र आर्थिक समस्यामा परेका नागरिकलाई सहयोग गर्दै आइरहनुभएको छ ।
डा. तामाङ कान्छीमाया फाउन्डेशनको अध्यक्ष समेत हुनुहुन्छ भने यसै संस्थाले गरेको सामाजिक कार्यप्रति प्रोजेक्ट हन्ड्रेटले सम्मान गरेको हो ।






