सामाजिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धीको तालिम सम्पन्न

तामसालिङ खबर
१ भाद्र २०७९, बुधबार ०८:१०

भदौ, हेटौडा – सामाजिक सूचना व्यवस्थापन प्रणाली सम्बन्धि २ दिने प्रविधिक तालिम हेटौंडामा सम्पन्न भएको छ । अमेरिकी विकास नियोग यूएसएड र बेलायती दातृ निकाय यूकेएडको आर्थिक सहयोगमा वीनरक ईन्टरनेशनल, शान्ति फाउण्डेशन र शक्ति समूहले संयुक्त रूपमा कार्यक्रम आयोजना गरेको हो ।

कार्यक्रममा मकवानपुर, काठमाडौं, नुवाकोट र सिन्धुपाल्चोकका गाउँपालिका तथा नगरपालिकाका कर्मचारीहरूको सहभागिता रहेको थियो । कार्यक्रममा महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालयका उपसचिव भरतराज शर्मा, वीनरक ईन्टरनेशनलका सूचना प्रविधि बिज्ञ सौेरभ दाहाल लगायतले प्रशिक्षण दिएका थिए ।

यसअघि लुम्बिनी प्रदेश र सुदुरपश्चिम प्रदेशमा उद्घाटन गरिसकेको सामाजिक सूचना व्यवस्थापन प्रणालीमा तथ्यांक पहुँच र भण्डारणका लागि स्थानीय तह र प्रदेश सरकारहरूलाई संलग्न गरिने बताईएको छ । सामाजिक सूचना व्यवस्थापन प्रणालीमा मानव बेचविखन, हिंसा पिडित, महिला, बालबालिका, जेष्ठ नागरिक, अपाङ्गता भएकाहरूको ईन्टरनेटका माध्यमबाट तथ्यांक संकलन गरिने जनाईएको छ ।

बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तान र कृषि तथा पशुपन्छी विकास राज्यमन्त्री ईन्द्रमाया गुरुङले मंगलबार संयुक्त रूपमा उदघाटन गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*