मनहरीको महेन्द्र किरण मावि अनिश्चितका लागि बन्द

तामसालिङ खबर
६ भाद्र २०७९, सोमबार ०७:०५

भदौं, मनहरी – मकवानपुरको मनहरी गाउँपालिका वडा नम्बर ८ स्थित रहेको महेन्द्रकिरण माध्यमिक विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

शैक्षिक सत्र २०७८ मा १ जना विद्यार्थी मात्र विषय नलागि पास भएको र अन्य विद्यार्थीहरु सबै विषय लागेको भन्दै स्थानीय अभिभावहरुले एक विज्ञप्ती जारी गर्दै अनिश्चितकालका विद्यालय बन्द गरिएको जानकारी गराएको हो ।

जारी विज्ञप्तीमा विद्यालयको प्रधानाध्यापक र विद्यालय व्यवस्थापन समितिले राजिनामा नदिएसम्म विद्यालय बन्द गरिएको विज्ञप्तीमा उल्लेख छ । विद्यालय व्यवस्थापन समितिले विद्यालयको समस्याको विषयमा चासो नदेखाएको आरोप लगाएको छ । पश्चिम मकवानपुरकै जेठो विद्यालय महेन्द्र किरणमा शिक्षाको गुणस्तरमा कमि देखिएको हो ।

विद्यालय व्यवस्थापन समितिले विद्यालय प्रशासनलाई नियमन गर्न नसक्दा विद्यालयको पठनपाठन कार्य फितलो भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*