पत्रकार बजगाईको पुस्तक श्रमशक्ति ब्यबस्थापनको हेटौडामा बिमोचन

भदौं, हेटौडा – पत्रकार लक्ष्मण बजगाईद्वारा लिखित पुस्तक श्रमशक्ति ब्यबस्थापनको मंगलबार हेटौडामा बिमोचन गरिएको छ । पुस्तकलाइ बागमती प्रदेश सभा सद्स्य प्रेम बहादुर पुलामि छिन्तुले बिमोचन गर्नु भएको हो ।
पुस्तक बिमोचन गर्दै पुलामिले पुस्तक श्रोतको रुपमा रहने बताउनु भयो । उहाँले पत्रकार बजागाई लामो समयदेखी लेखन कार्यमा लागीरहने भएकाले पनि यो पुस्तकले धेरै राम्रो ज्ञानदिन सकने बताउनु भयो ।
श्रम बजारमा श्रमिकहरुको लागि पुस्तक निकै उपयोगी रहने बताउदै उहाँले प्रदेश सरकारलाई नितितहनिर्माणमा यसले सहयोग पुग्ने समेत बताउनु भयो । पुस्तक पढेर श्रम शक्ति के हो ,यसका समस्या के हुन लगाएतका जानकारी पुस्तकले दिने हुदाँ हामी सबैले पुस्तक अध्यान गर्नुपर्नेमा जोडदिनु भयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलानले बजारमा आएको श्रम शक्ति ब्यबस्थापन पुस्तकले नयाँ आम दिन सक्ने बिश्वास ब्यक्त गर्नु भयो । यो पुस्तक अध्यानले बिभिन्न कार्यमा सम्लग्न श्रमिकहरुको दक्षता,शारिरिक,प्रबिधिकक तथा बौद्धिक क्षमताको बिकाश हुनेमा जोड दिनु भयो ।
यस्तै शिक्षक,साहित्यकार,समाजसेबि रामचन्द्र फुर्सतिले पुस्तक बारे समिक्षा गर्दै यो पुस्तक राज्यका लागी पनि अभिलेखका रुपमा रहने बताउनु भयो । उहाँले पुस्तक बारे गहन बहश चलाउनु आवाश्यक रहेको औल्याउनु भयो । भाषागत रुपमा भएका कमिकमजोरी बहायेक यसले आम श्रमिकहरुको आवाज बोलेको उहाँले बताउनु भयो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले पुस्तक अभिलेखका रुपमा रहने बताउदै यसले देशैभरीका श्रमिकहरुको आवाज बोलेको बताउनु भयो ।
यस्तै प्रकशक कृष्ण प्रसाद कंडेलले राम्रो बिषयको पुस्तक प्रकाशन गर्न पाएकोमा खुसी लागेको बताउनु भयो । कार्यक्रममा पुस्तकका लेखक बजगाईले १६ औ पुस्तकका रुपमा यो पुस्तक बजारमा ल्याएको बताउदै यसले श्रमिकका आवाज बोलेको बताउनु भयो ।
उहाँले पुस्तकमा श्रमसम्बन्धी बहुआयामिक प्रसगहरु उठान गरेकाले सबैलाई अध्यान गर्न आग्रह गर्नु भयो । पुस्तक रोजगारीको अबसर कुरिरहेका बेरोजगारीहरुका लागी तयार भएको समेत उहाँले बताउनु भयो ।