पिटाइ खाने हेटाैँडाका वडाध्यक्षले दिए लामालाई क्षमा

तामसालिङ खबर
१० भाद्र २०७९, शुक्रबार ०५:०५

भदौ, हेटौडा – हेटौँडा उपमहानगरपालिकाको ४ नम्बर वडाका वडाध्यक्ष नवीन सिग्देलले आफूलाई कार्यकक्षमै कुटपिट गर्ने सानु लामा दोङलाई माफी दिँदै जाहेरी स्थगित गर्न प्रहरीलाई अनुरोध गरेका छन् । पत्रकार सम्मेलन गर्दै उनले आफूमाथि हातपात गर्ने लामालाई क्षमा दिएको जानकारी दिएका हुन् ।

उनले हिजै मकवानपुरका प्रहरी प्रमुख एसपी वामदेव गौतमलाई जाहेरी स्थगित गर्न आफूले अनुरोध गरिसकेको बताए । कारबाही नै सबैथोक नभएको भन्दै गलत कार्य गर्नेलाई सच्चिन मौका दिएको उनको भनाइ छ ।

घटना नदाेहाेरियाेस् र एउटा चेतावनी रहाेस् भनेर जाहेरी स्थगित गरेकाे र फेरि घटना दाेहाेरिए कारबाही प्रक्रिया अगाडि बढाउने उनले बताए । वडाध्यक्ष सिग्देलले कसैकाे दबाब र डरमा नपरी स्थगित गरेकाे उनले बताए ।

एमाले मकवानपुरका सचिवसमेत रहेका सिग्देललाई हेटौँडाका सानु लामा दोङले कार्यकक्षमै कुटपिट गरेका थिए । सिग्देलले मंगलबार जिल्ला प्रहरी कार्यालय मकवानपुरमा लामाविरुद्ध उजुरी दिएका थिए ।

४ नम्बर वडाभित्र रहेकाे भुटनदेवी स्कुलकाे सटरकाे टेण्डर विषयमा विवाद हुँदा उनीमाथि कुटपिट भएकाे थियाे । उनले सटरकाे टण्डरमा आफ्नाे कुनै संलग्नता नरहेकाे र सटरकाे विषयमा समाचार लेखाएकाे विषयमा आफूमाथि आराेप लगाएकाले विवाद उत्पन्न भएकाे बताए । वडा कार्यालयले सटरकाे टेण्डर तत्काल स्थगित गर्न भुटनदेवी उच्च माविलाई पत्र काटेकाे उनले जानकारी दिए ।

लामा युवा संघ मकवानपुरका नेतासमेत हुन् । उनी जिल्ला खेलकुद विकास समिति मकवानपुरका निवर्तमान अध्यक्षसमेत हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*