माओवादी केन्द्र बागमती प्रदेशले तोक्यो, मकवानपुरमा मोक्तान र गौतम चुनावी कमान्डर

तामसालिङ खबर
१३ भाद्र २०७९, सोमबार १०:५६

भदौ, हेटौडा – नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रले आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनको लागि मकवानपुरमा पोलिटब्युरो सदस्य कुमारी मोक्तान र केन्द्रिय सदस्य विजय गौतमलाई चुनावी कमान्डरको रुपमा तोकेको छ।

दुई महिना चुनावी मैदानमा खटिने गरी बागमती प्रदेशका निर्वाचन क्षेत्रमा चुनावी कमाण्डर तोकेको छ । आइतबार वागमती प्रदेश क्षेत्रका केन्द्रीय सदस्य र प्रदेशका पदाधिकारीको बैठकले सबै केन्द्रीय सदस्यहरुलाई प्रतिनिधिसभा र प्रदेशसभा क्षेत्र तोकेर जिम्मेवारी दिएको हो ।

बागमती प्रदेशका १३ जिल्लाका प्रतिनिधिसभा क्षेत्रमध्ये माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को निर्वाचन क्षेत्र चितवन-३ को कमाण्डर रेणु दाहाललाई दिइएको पार्टी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेलले जानकारी दिए ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*