हेटौडाका मापदण्ड विपरीत रहेका संरचना हटाउन कार्यदल गठन

तामसालिङ खबर
१६ भाद्र २०७९, बिहीबार ०७:३१

भदौ, हेटौंडा – हेटौंडा उपमहानगर क्षेत्रमा अतिक्रमण र मापदण्ड विपरीत रहेका संरचना हटाउन कार्यदल गठन गरेको छ ।

उपमहानगरका प्रमुख मिनाकुमारी लामाको अध्यक्षतामा बसेको ८ औं कार्यपालिका बैठकले नगरका सम्पुर्ण वडामा नियम विपरीत निर्माण भएका संरचनाको मुल्यांकन र अनुगमनका लागि हेटौंडा १० का अध्यक्ष फुर्वा दोर्जे लामाको संयोजकत्वमा अव्यवस्थित संरचना व्यवस्थापन कार्यदल गठन गरेको हो ।

बैठकले संरचनाहरु हटाउनका लागि ३५ दिने सूचना जारी गरी कामलाई अघि बढाउने जनाएको छ । कार्यदलले मुख्य गरी प्रदेशको राजधानी रहेको हेटौंडा बजार क्षेत्रमा रहेको अव्यवस्थित र अतिक्रमण गरी निर्माण भएका संरचनाको अवस्था र लगत संकलन गरी कार्यान्वयनका लागि प्रतिवेदन तयार पार्ने नगरप्रमुख लामाले बताइन् । राजमार्ग क्षेत्र र भित्री सडक अतिक्रमण र उपमहानगरको मापदण्ड विपरीत निर्माण भएका संरचनाको मुल्याङ्कन गर्ने र हटाउने बताइएको छ ।

नगरक्षेत्रमा नक्सा पास नभइ बनेका साना ठुला टहराहरु स्वस्फुर्त हटाउन ३५ दिने सुचना प्रकाशन गरेसँगै कार्यदलले काम सुरु गर्ने बताइएको छ । नगर प्रमुख लामाका अनुसार सुचना प्रकाशन पछि नहटाएमा उपमहानगरले उपकरणको प्रयोग गरेर हटाउने जानकरी दिइन् ।

कार्यपालिका बैठकबाट गठित कार्यदलको सदस्यमा हेटौंडा-१ का कार्यपालिका सदस्य इश्वरी रसाईली हेटौंडा-२ का सदस्य सुरज बतौंला, हेटौंडा–४ का सदस्य जेएन श्रेष्ठ र सरोकार वाला निकाय मकवानपुर उद्योग वाणिज्य संघबाट एक सदस्य रहने बताइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*