मुक्तिनाथ बैंक मनहरी शाखाको गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम
भदौ, हेटौडा (मनहरी) – मुक्तिनाथ विकास बैंक मनहरी शाखाको केन्द्र प्रमुख गोष्ठी तथा वित्तीय साक्षरता कार्यक्रम सम्पन्न भएको छ ।
आईतबार सरिता जैसीकोे सभाध्यक्षता तथा मकवानपुर उद्योग वाणिज्य संघ पश्चिम क्षेत्र समितिका बरिष्ठ उपाध्यक्ष गणेशमान मानन्धरको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
बैंकले सोही कार्यक्रमको अवसरमा उत्कृष्ट ३ वटा केन्द्रलाई नगद पुरस्कार सँगै उत्कृष्ट वचत कर्ता, सफल उद्यम व्यवसायी र असल ऋणीलाई सम्मान सहित प्रशंसापत्र वितरण गरिएको मुक्तिनाथ बैंक मनहरी शाखाका डेस्क प्रमुख राज कुमार मोक्तानले जनाएको छ ।
कार्यक्रममा बैंकको नायब प्रमुख कार्यकारी अधिकृत समीर शेखर बज्राचार्य , तेज गिरी , मनहरी शाखाका प्रबन्धक विराज भुजेल र डेस्क प्रमुख राज कुमार मोक्तान लगायत अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।






