मकवानपुर क्याम्पसमा स्ट्याण्ड अप कमेडी
भदौ, हेटौडा – नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले मकवानपुर बहुमुखी क्याम्पसले स्ट्याण्ड अप कमेडी कार्यक्रम गरेको छ ।
सोमबार डिजिटल वालेट खल्तीको मुख्य प्रायोजन तथा मिम नेपालको मुख्य आयोजना रहेको नेपाल टुर २०२२ अन्तर्गत कलेजतिर स्ट्याण्ड अप कमेडी कार्यक्रम स्थानीय आयोजकका रुपमा नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस समितिले क्याम्पसमा आयोजना गरेको हो ।
कार्यक्रममा नेपालका पहिलो कमेडी रियालिटी शोका विजेता हिमेश पन्त सगै निश्चल अर्याल, डोरेश खतिवडा, सुजन जिम्बा र सरोज भण्डारी लगायत कमेडियनले प्रस्तुति दिए । कार्यक्रममा क्याम्पसका विद्यार्थीले गजल, मुक्तक र गीतलगायत प्रस्तुति राखेका थिए ।
कार्यक्रममा बिराटनगर फुटबल क्लबका कप्तानबारे सोधिएको सबालका जानकार सांगे लामालाई क्लबका तर्फबाट आकर्षक उपहार हस्तान्तरण गरिएको थियो ।
नेवि संघ मकवानपुर जिल्ला सभापति तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य शिवप्रसाद खतिवडा (राजु) को प्रमुख आतिथ्यता रहेको कार्यक्रममा नेवि संघ क्षेत्रीय सभापति सुवास सापकोटा, नेका बकैया-१ सभापति बुद्ध बराम र नेवि संघ नेता शत्रुघन बैठा लगायत सहभागी थिए । कार्यक्रम नेवि संघ मकवानपुर बहुमुखी क्याम्पस सभापति सन्तोष चौलागाईंको सभाध्यक्षतामा भएको थियो ।







