पत्रकार महासंघको संस्थापक सभापति सत्यनाराण हो – फोनिज
भदौ, हेटौडा – नेपाल पत्रकार महासघको संस्थापक सभापति सत्य नारायण बहादुर श्रेष्ठ रहेको दाबी गदै नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज) बागमती प्रदेशले ज्ञापन पत्र बुझाएको छ ।
बुधवार नेपाल पत्रकार महासंघ बागमती प्रदेशकी उपाध्यक्ष सम्झना कार्कि र प्रदेश सदस्य सुदिप शिवाकोटीलाइ फोनिज बागमतीका उपाध्यक्ष राजेश रुम्वा र सदस्य पुर्ण बहादुर मगरले ज्ञापन पत्र बुझाउनु भएको हो । ज्ञापनपत्र बुझाउनु हुदै फोनिज वागमतीका प्रदेश उपाध्यक्ष राजेश रुम्वाले महासंघले ज्ञापन पत्रमा उल्लेख भएका बिषयमा ध्यान दिनुपर्ने बताउनु भयो ।
उहाले ज्ञापनपत्र नेपाल पत्रकार महासङ्घ समक्ष प्रदेशले पुर्याउने कुरामा विश्वस्थ रहेको बताउनु भयो । ज्ञापन पत्र बुझ्नु हुदै कार्किले महासंघ समक्ष ज्ञापन पत्र सुरक्षित पुग्ने कुरामा ढुक्क रहन अनुरोध गर्नुभयो । ज्ञापन पत्रमा नेपाल पत्रकार महासंघको आफ्नो दस्ताबेजहरूमा संस्थापक अध्यक्ष कृष्णप्रसाद भट्टराई भएको भनी उल्लेख गरेका गलत विवरण सच्याएर ‘नेपाल पत्रकार महासघका संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हो भन्ने सही तथ्यलाई स्थापित गराउन अनुरोध गरेको छ ।
महासङ्घको यो कदमप्रति नेपाल आदिवासी जनजाति पत्रकार महासघ (फोनिज)ले गम्भीर विमति राख्दै आएको ज्ञापन पत्रमा उल्लेख गरिएको छ । वि.सं २०१२ चैत १६ गते नेपाल पत्रकार सङ्घ पुनर्गठित हुँदा कृष्णप्रसाद उपाध्याय भट्टराई सभापति बन्नुभएको तथ्य साँचो हो भएको र उहाँको योगदानको हामी सबैले उच्च कदर गर्नुपर्छ, आदर भाव प्रकट गर्नु पर्दछ ज्ञापन पत्रमार्फत भनिएको छ “फोनिज समन्यायिक समाज निर्माणको मान्यताबाट अग्रसर छ ।
यसर्थ, सन्त नेता भट्टराईको सामाजिक, राजनीतिक योगदानको यथोचित सम्मान र कदर होस् भन्ने कुरामा हाम्रो विमति छैन । तर, तथ्यहरूले ‘नेपाल पत्रकार महासघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्छ’ भन्ने पुष्टि भइसकेको अवस्थामा ‘कृष्णप्रसाद भट्टराई नै संस्थापक अध्यक्ष हुनुहुन्छ’ भन्नु स्वयम् भट्टराईको निस्वार्थ योगदानको अपमान मात्र होइन, नेपाल पत्रकार सघ गठन गरेर पहिलो पटक नेपालका पत्रकारलाई सङ्गठित गर्ने सत्यनारायणबहादुर श्रेष्ठको योगदानको अवमूल्यन गर्ने, अपमान गर्ने र इतिहास नामेट पार्न खोज्नु निःसन्देह गलत काम हो । देशको प्रधानमन्त्री बनिसक्नु भएका भट्टराईलाई गलत तथ्यका आधारमा पत्रकार महासङ्घको संस्थापक मान्नु उहाँको योगदानलाई विवादित पार्नु र मानमर्दन गर्नु पनि हो ।
यस्तो कार्य कतै र कसैबाट पनि नहोस् भन्ने विषयमा फोनिज सचेत छ । प्राप्त तथ्य र प्रमाणहरूका आधारमा नेपाल पत्रकार महासङ्घको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ नै हुनुहुन्छ । यो तथ्य सर्वस्वीकार्य बनिसकेको छ ।” वर्तमान नेपाल पत्रकार महासघको जग तत्कालीन ‘नेपाल पत्रकार सघ’ नै हो ।
नेपाल पत्रकार सघ गठन गरेर नेपाली पत्रकारलाई पहिलो पटक सङ्गठित गर्ने व्यक्ति सत्यनारायणबहादुर श्रेष्ठ भएको र विसं २००८ वैशाख ९ गतेको पत्रकार भेलाले सत्यनारायणबहादुर श्रेष्ठको नेतृत्वमा ‘नेपाल पत्रकार सघ’ गठन गरेको विज्ञप्ति मार्फत स्मरण गराएको छ ।
२००९ वैशाख २८ गते श्रेष्ठकै सभापतित्वमा तत्कालीन नेपाल पत्रकार सघ पुनर्गठन भएको र थप पत्रकारलाई सघमा सङ्गठित गर्ने उद्देश्यसाथ संघको पुनर्गठन गरिएको अकाट्य तथ्यहरूका आधारमा हाल नेपाल पत्रकार महासघ (तत्कालीन नेपाल पत्रकार सघ) को संस्थापक सभापति (हाल अध्यक्ष) सत्यनारायणबहादुर श्रेष्ठ हुनुहुन्थ्यो भन्ने कुराको प्रमाणका रूपमा दस्ताबेजहरूले पुष्टि गरिसकेको छ । तर, नेपाल पत्रकार महासघले अकाट्य तथ्यहरूलाई नजरअन्दाज गर्दै सन्त नेता तथा पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईलाई संस्थापक अध्यक्ष मान्दै आएको छ ज्ञापन पत्रमा भनिएको छ ।






