मनहरी गाउँपालिकामा जनप्रतिनिधिहरुको १ सय दिन पुरा, पालिकाले यी काम गरे (हेर्नुहोस्)
भदौ, हेटौडा (मनहरी) – पश्चिम मकवानपुरको मनहरी गाउँपालिकाले एक सय दिनमा गरेको कार्यको विवरण सार्बजनिक गरेको छ । बुधबार रजैयामा स्थित गाउँपालिकाको सभाहलमा पत्रकार सम्मेलन गर्दै पालिका अध्यक्ष रन्जन कालाखेतीले १०० दिनमा गरेका कार्यहरु सार्वजानिक गरिएको हो ।
स्थानिय तह निर्वाचन २०७९ मा निर्वाचित भएपछि १०० दिनमा स्थानिय तहमा गरेको कार्य बिवरण पेश गर्दै बेरुजु रकम ‘शुन्य’ बनाउने अभियानमा लागिपरेको अध्यक्ष रन्जन कालाखेतीले बताउनु भयो ।
पत्रकार सम्मेलनमा गाउँपालिका उपाध्यक्ष सीतापुलामी मगर, प्रमुख प्रशासकीय अधिकृत मोहनबहादुर श्रेष्ठ लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो । सय दिनका कार्यहरु सार्वजानिक पश्चात सञ्चारकर्मीहरुको प्रतिप्रश्नहरुको जवाफ अध्यक्ष, उपाध्यक्षले दिएका थिए ।

मनहरी गाउँपालिकाले १०० दिन मा गरेका कार्य विवरणहरु :









