हेटौंडामा फ्रिडम फोरमको कार्यशाला सम्पन्न

तामसालिङ खबर
२४ भाद्र २०७९, शुक्रबार १७:४२

भदौ, हेटौडा – फ्रिडम फोरमको आयोजना तथा पत्रकार महासंघ मकवानपुरको समन्वयमा बिहाबार देखी हेटौडामा भएको २ दिने कार्यशाला सकिएको छ । पत्रकारितामा कुसमाचार दुस्प्रचार समाचार पत्ता लगाउने तरिका र यसले पार्ने प्रभावका विषयमा संचारकर्मीहरुलाई प्रशिक्षण दिइएको थियो ।

प्रशिक्षणमा अमेरीकाका पत्रकारिता विषयका शिक्षक अस्टिन लिन्डाले प्रशिक्षण गराएकी थिइन् । प्रशिक्षणमा मकवानपुर बारा र पर्साका २५ जना सञ्चारकर्मीहरुको सहभगिता रहेको थियो ।

कार्यशालामा गलत सुचना समाचार र दुस्प्रचारका विषय, झुटा समाचारका उत्पति, उत्प्रेरणा जस्ता विषय, सामाजिक सञ्जालमा राखिएका सामाग्रीले पार्ने प्रभाव जस्ता विषयमा कार्यशालामा प्रशिक्षण दिइएइको फ्रिडम फोरमका मिडिया अनुगमन अधिकृत नानु खड्काले बताइन् ।

समापन कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतम, फ्रिडम फोरमका बागमती संयोजक एंव पुर्व अध्यक्ष राममणि दाहाल र भानुभक्त आचार्य र प्रशिक्षक लिन्डाले सहभागिलाई प्रमाण पत्र प्रदान गरेका थिए ।

प्रशिक्षणमा झुटा सुचनाको बढोत्तरीलाई कम गर्नका लागि समाचारका शीर्षक राखी लेख्ने अभ्यास गर्न कार्यक्षेत्रमा गए पछि मात्र सुचनाको काम गर्न प्रशिक्षक लिन्डाले बताएकी छिन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*