कैलाश गाउँपालिकाको १ सय दिनमा आशालाग्दाे सफलता

तामसालिङ खबर
२४ भाद्र २०७९, शुक्रबार १९:५१

भदौ, हेटौडा (कालिकाटर) – कैलाश गाउँपालिकाले १ सय दिनको प्रगति विवरण सार्वजिनक गरेको छ । गएको बैशाख ३० गते भएको स्थानीय तह सदस्य निर्वाच अन्तर्गत निर्वाचित भएर पदभार ग्रहण गरेपछिको १ सय दिनको प्रगति विवरण सार्वजनिक भएको हो । शुक्रबार पालिकामा आयोजित कार्यक्रममा अध्यक्ष लोक बहादुर मुक्तानले १ सय दिनको अवधिमा भएका प्रगति सार्वजनिक गरेका हुन् ।

कार्यक्रममा उपाध्यक्ष बाल कुमार मल्ल ठकुरी, वडाध्यक्षहरू राजेन्द्र घिसिङ, भुवनसिं घलान लगायत कार्यपालिका सदस्यहरूको उपस्थिति थियो । अध्यक्ष मुक्तानले यति छाेटाे समयमा पालिकाले प्राप्त गरेको सफलतामा खुसि व्यक्त गर्नुभयो ।

निर्वाचित भएर आउँदा आर्थिक बर्ष सकिनै लागेकाे र नयाँ आर्थिक बर्ष पनि यहि अवधिमा सुरू भई नयाँ कार्यक्रमहरू सुरु गर्न खाेजिरहेकाे अवस्थामा पालिका बाट भएका कामहरू हेर्दा आगामी दिनहरूमा अझ राम्राे गरि काम गर्न प्रेरणा मिलेको उनले बताए ।

पालिकाले ५ सय घरपरिवारको स्वास्थ्य विमा कार्यक्रम अगाडि बढाएको छ । गाउँपालिका भित्रको स्वास्थ्य संस्थामा सुत्केरी हुने सम्पुर्ण महिलाहरूलाई नेपाल सरकारले नियमानुसार दिने सुविधाको अतिरिक्त थप २ हजार रूपैंया पोषण भत्ता व्यवस्था गरिएको छ ।

हरेक वडाबाट २ जनाका दरले २० जना विद्यार्थीलाई कृषि/पशु जेटीए पढाउन सुरु गरिएको छ । यसैगरी जटिल खालका प्रसव व्यथा लागेका महिलाहरूलाई सम्बन्धित अस्पतालसम्म पुर्‍याउन निशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराईएको छ । वडा नम्बर ९ र १० मा दुग्ध चिस्यान केन्द्र स्थापनाको लागि बजेट व्यवस्था गरिएको छ ।

गाउँपालिका वडा कार्यालयहरु र सम्पुर्ण स्वास्थ्य चौकीहरुमा ईन्टरनेटको व्यवस्था गर्नकाे लागि नेपाल दुरसञ्चार संस्थानसँग 4G संचालनको लागि पहल भैरहेको, न्यून वेतनमा काम गरिरहेका कर्मचारीलाई न्यायाेचित तलव सुविधाको व्यवस्था गरिएको साथै महिला स्वास्थ्य स्वयंसेविकाहरूलाई मासिक ३ सय रूपैंया थप व्यवस्था गरिएको छ । पूर्वाधारतर्फ गाउँपालिकादेखि किर्तिमान डाँडासम्मको १ किमि वाटोलाई चौडा गरि ग्राभेल गरिएको छ ।

२ सय २५ घरधुरीलाई खर मुक्त छाना अभियानको सुभारम्भ गरिएको छ । पालिकाकाे महत्वपूर्ण सडकहरूमा पक्की पुलकाे निर्माणकाे थालनि गरिएको छ । यसैगरी ४ वटा पक्की पुल निर्माण गर्नकाे लागि डीपिआर तयार गरि सम्वन्धित मन्त्रालयमा कुरा भैरहेको र ४ वटा झाेलुङ्गे पुलको बजेट विनियोजन गरिएको छ । –सिधाखबर डटकमबाट 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*