थाहा नगर बिज्ञान शिक्षक समाज गठन, अध्यक्षमा श्रीधर कार्की
भदौ, हेटौडा (थाहानगर) – बिज्ञान शिक्षक समाज मकवानपुरको आयोजनामा थाहा नगरको प्रथम नगर भेला जनकल्याण माबिमा सम्पन्न भएको छ।
भेलाले जनकल्याणका बिज्ञान शिक्षक श्रीधर कार्कीको अध्यक्षतामा १३ सदस्यीय बिज्ञान शिक्षक समाज थाहा नगर समिति गठन गरिएको छ।
समाजको उपाध्यक्षमा जनकल्याणका प्रदिप केसि, सचिवमा सुन्दरीदेविका हेमन्त कुवर, कोषाध्यक्षमा स्वच्छन्दका भुपेन्द्र गोपाली, सहसचिव जनकल्याणकै बिक्रम मल्ल, सहकोषाध्यक्ष सर्मिला आले रहेका छन।
त्यस्तै, सदस्यहरुमा मिलन स्याङ्तान, सीता गोपाली, जयलाल स्याङ्तान, मिलन मोक्तान, प्रतिमा दाहाल, पिताम्बर घिमिरे, ओमप्रकाश कुमार पंडित रहेका छन। भने मनोज रायमाझी, निराजन कुवर, नरेन्द्र प्रसादसिह सल्लाहकार रहेको समिती गठन गरिएको छ।
भेला, श्रीधर कार्कीको अध्यक्षता तथा थाहा नगरका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा सम्पन्न भेलामा थाहा नगर शिक्षा शाखाका अधिकृत माधवबिक्रम मल्ल,बिज्ञान शिक्षक समाज मकवानपुर जिल्ला अध्यक्ष खेमराज लामिछाने ,जनकल्याण माबिका सहायक प्रअ मनोज रायमाझी, शिक्षक महासंघ थाहा नगर अध्यक्ष राजाराम कार्की ,समाजका जिल्ला सचिव सुवास खनाल,समाजका हेटौंडा इकाई सचिव शुदर्सन पौडेल, जिल्ला सहकोषाध्यक्ष सुनमाया पाख्रीन,लगायत थाहा नगरका सामुदायिक विद्यालयमा बिज्ञान विषय अध्यापन गराउने शिक्षकहरुको उपस्थिती रहेको थियो।
भेलालाई शुभकामना दिदै नगर प्रमुख बिष्णु बिष्टले गणित पछि विद्यालयको नतिजामा प्रभाव पार्ने बिषय बिज्ञान भएको हुँदा ,सैद्धान्तिक भन्दा ब्याबहारिक ज्ञान मा जोड दिदै सिक्दासिक्दै मूल्याकंन हुनुपर्ने मा जोड दिदै बिज्ञानको गुणात्मकम शिक्षा मा जोड दिनुहुदै नयाँ बन्ने कार्यसमितिले यश विषयमा ध्यान दिने बताउनुभयो।
शुभकामना दिदै शिक्षक महासंघ थाहा नगर अध्यक्ष राजाराम कार्कीले बिज्ञान र जगतलाई स्थानिय तहमा जोड्न संगठन आबश्यक भएको र खस्किदो नतिजालाइ सुधार गर्न र पेसागत अप्ठेरा लाई न्यूनीकरण गर्न समिती सफल हुने आस सहित शुभकामना दिनुभयो ।
शुभकामना मन्तब्यकै क्रममा बिज्ञान शिक्षक समाज मकवानपुरका जिल्ला अध्यक्ष खेमराज लामिछानेले समाज विसुद्द पेसागत संगठन तथा जिम्मेवारी भएको विषयगत संस्था भएको बताउदै मकवानपुरका दसवटै पालिकामा कार्यसमिती चयन गरेपछी बिज्ञान शिक्षण सिकाइको उपलब्धिमा काम गर्ने तथा पेसागत क्षमता अभिवृद्धि , शिक्षकमा र विद्यार्थी हरुलाइ तथ्यमा आधारित भएर अध्ययन गराउनु उद्श्य रहेको भन्दै,बिज्ञ हरु बाट शिक्षक लाई पाठ्यसामाग्री अध्ययन तालिमको ब्यबस्था पालिकाले गर्नुपर्नेमा जोड दिदै समाजको नीति कार्यान्वयनमा नयाँ बन्ने कार्यसमितिले जोडदिनेमा बिश्वास ब्यक्त गरे।






