तामाङ र नेपाल भाषालाई सरकारी कामकाजको भाषा बनाउने बागमती प्रदेश सरकारको निर्णय

तामसालिङ खबर
२७ भाद्र २०७९, सोमबार १८:१९

भदौ, हेटौडा – बागमती प्रदेश भित्र तामाङ र नेपाल (नेवार) भाषालाई सरकारी कामकाजको भाषा बनाउने निर्णय भएको छ।

बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको सोमबार बसेको बैठकले तामाङ र नेपाल (नेवार) भाषालाई प्रदेश सरकारले सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अघि बढाउने निर्णय भएको हो।

मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले नेपाल भाषा र तामाङ भाषालाई सरकारी कामकाजको भाषा बनाउने प्रक्रिया अगाडी बढाउने निर्णय गरेको सामाजिक विकास मन्त्री कुमारी मोक्तानले बताउनु भयो । अब प्रदेशका दुइ मुख्य भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया बढेको छ ।’ उहाँले भन्नु भयो।

अब चाडै नै दुवै भाषालाई प्रदेशको सरकारी कामकाजको भाषा बनाउन आधार तयार पार्नको लागि समिति गठन गर्नेछ । त्यो समितिको निचोड पछि कार्यन्वयनमा आउने मन्त्री मोक्तानले बताउनु भयो।

नेपाल तामाङ घेदुङ बागमती प्रदेशका अध्यक्ष लिलाकुमार घलानले तामाङ र नेवार समुदायले लामो समय देखि गर्दै आएको संघर्षलाई ढिलाई भएपनि सम्बोधन गरेकोमा प्रदेश सरकारलाई धन्यबाद ब्यक्त गर्नु भयो।

बागमती प्रदेशमा तामाङ भाषा र नेपाल (नेवार) भाषाको बाहुल्यता रहेको छ । संविधान अनुसार सबैभन्दा बढी बोल्ने २ वटा भाषालाई सरकारी कामकाजको भाषा बनाउन सक्ने प्राबधान रहेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*