बहुप्रतिक्षित चलचित्र प्रेम गीत ३ को टोलि हेटौडामा, नेपाल र भारत एकैसाथ प्रदर्शन हुने
भदौ, हेटौडा – बहुप्रतिक्षित नेपाली चलचित्र प्रेमगीत ३ ले नेपाल र भारतको विभिन्न शहरहरुमा चर्चा कमाइरहेको नेपाल तर्फको टोलि हेटौडा आइपुगेको छ।
सोमबार हेटौडामा पत्रकर भेटघाट गर्दै असोज ७ गते बडा दशैंको अवसरमा नेपाल र भारतमा एकसाथ प्रदर्शनको तयारीमा रहेको चलचित्रका निर्माण पक्षले प्रेमगीत ३ हेर्न आग्रह गरिएको हो ।
चलचित्रमा मनाङको सात गाँउको दरबार र प्रेम युगको कथा रहेकोले सबै नेपालीले प्रेम गीत ३ हेरेर साथ, सहयोग र माया गरिदिन कार्यकारी निर्माता चक्रबहादुर चन्द अनुरोध गर्नु भयो । नेपालमा चलचित्र तयार हुँदा सम्म ३ करोड लगानी भएको र भारतमा भएको खर्च र प्रचारप्रसारको खर्च आउँन बाँकी रहेको उनले बताए ।
प्रदर्शनको तयारीमा रहेको चलचित्रका निर्माण पक्ष दुई समूहका विभाजन गरी नेपाल र भारतमा प्रचारप्रसारमा व्यस्त छन् । निर्देशक एंव निर्माता सन्तोष सेन, नायक प्रदीप खड्का सहितको टोली भारतका विभिन्न शहरहरुमा प्रचारप्रसारमा व्यस्त छन् भने नेपालमा कलाकार सुनील थापा, कार्यकारी निर्माता चक्रबहादुर चन्द, नवनायक मनिष राउत टोली नेपालका विभिन्न शहरहरुमा चलचित्र प्रचारप्रसारमा व्यस्त रहेका छन् ।
स्व. छेतन गुरुङ र सन्तोष सेनको संयुक्त निर्देशनमा तयार भएको चलचित्रमा प्रदीप खड्का, क्रिस्टिना गुरुङ, शिव श्रेष्ठ, पुष्कर कार्की, सुनील थापा, माओत्से गुरुङ, सन्तोष सेन, अनुभव रेग्मी, जीवन भट्टराई, मनिष रावत लगायत कलाकारहरुको अभिनय रहेको छ ।
पत्रकार सम्मेलनमा कलाकार सुनिल थापा, कार्यकारी निर्माता चक्रबहादुर चन्द, नवनायक मनिष रावत, प्रेम पुरी, गायक प्रताप दास आतिथ्यता तथा चलचित्र पत्रकार संघ मकवानपुरका कार्यबाहक अध्यक्ष कपिल खडकाको सभाध्याक्षातामा भएको थियो।






