लायन्स हेल्प डेक्सद्वारा असहाय लामालाई ह्विल चियर प्रदान

तामसालिङ खबर
३० भाद्र २०७९, बिहीबार १७:१६

भदौ, हेटौडा – लायन्स क्लव अफ मकवानपुर, हेल्प डेक्सले असहाय एक महिलालाई ह्विल चियर प्रदान गरेकोे छ ।

लायन्स हेल्प डेक्स मकवानपुरले बिहिबार हेटौडा १३ स्थित असहाय ५८ वर्सिय ताराकुमारी लामालाई ह्विल चियर प्रदान गरेकोे हो ।

हेल्प डेक्सका अध्यक्ष धुव्रराज ढकालको अध्यक्षतामा भएको कार्यक्रममा लायन्स क्लब अफ मल्टिपल अन्तराष्ट्रिय संयोजक लायन रमेश अग्रवाल, डिष्ट्रिक गर्भनर अमरबहादुर श्रेष्ठ, प्रथम भाइस डिस्ट्रीट गर्भनर डिएन अग्रवाल लगायत लायन्स लिडरहरुको उपस्थिती थियो ।

विगत ५ वर्षदेखी थलिएर रहेको ताराकुमारी लामालाई उनकै घरमा पुगेर ह्विल चियर प्रदान गर्ने क्रममा भावविव्हल बन्न पुगेकी थिइन । हालसम्म कसैको यस्तो किसिमको सहयोग र माया नपाएको उहाँको गुनासो थियो ।

स्थानिय तथा लायन्स सरस्वती ब्लोनको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन सचिव लायन हरीहर खतिवडा गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*