नेपाली सेनाले २ सय २९ जना सहायक सेनानी माग
भदौ, काठमाडौं – नेपाली सेनाले अधिकृत क्याडेट (सहायक सेनानी)मा भर्ना खोलेको छ । सेनाले लोकसेवा आयोगको सहमतिमा खुला तथा समावेशी प्रतिस्पर्धाबाट २२९ सेनानी पदका लागि दरखास्त आव्हान गरेको हो ।
जसमध्ये खुलातर्फ ११७ सिट रहेको छ । महिलातर्फ २२, आदिवासी, जनजातीतर्फ ३०,मधेसीतर्फ २८,दलिततर्फ १४ र पिछडिएका क्षेत्रतर्फ ७ सिट रहेको छ । बाँकी ११ सिट सैनिक तालिम वा कर्तव्य पालनाको क्रममा शारिरिक रुपमा अशक्त ज्यान गुमाएका सेनाका सन्ततीका लागि छुट्याइएको छ ।
काठमाडौंस्थित स्वयम्भू बारूदखाना परिसर, इटहरीस्थित पूर्वी पृतना हेडक्वार्टर, महोत्तरी, हेटौंडा, पोखरा, बुटवल, सुर्खेत र कैलालीबाट पनि आवेदन फारम गर्न सकिने निर्देशनालयले जानकारी दिएको छ।
भर्नाका लागि विभिन्न ८ ठाउँबाट दरखास्त दिन सकिने सेनाले जनाएको छ। आजदेखि असोज ३० सम्म दरखास्त दिन सकिने सेनाले जनाएको छ।






