कैलाशको आङतीमा पुग्यो बिजुली, गाउँलेमा खुसीयाली

तामसालिङ खबर
३१ भाद्र २०७९, शुक्रबार २१:१५

भदौ, हेटौंडा (कैलाश) – कैलाश गाउँपालिका वडा नम्बर ८ स्थित भार्ताको आङ्पीमा पहिलोपटक बिजुली पुगेको छ । बिजुली बत्ती झलमल्ल बलेपछि गाउँमा खुशियाली छाएको छ । बिजुली पुगेपछि यहाँका ७५ घर लाभान्वित भएका छन् ।

बिहीबार गाउँपालिका अध्यक्ष लोक बहादुर मुक्तानले ट्रान्सफर्मरमा जडान गरिएको बत्ति बालेर बिजुली उद्घाटन गरेका थिए । उनले आफ्नो कार्यकाल अवधिमैं कैलाशका सबै वडामा बिजुली बत्ती पु¥याउने प्रतिबद्धता जनाए ।

उद्घाटन कार्यक्रममा ८ नम्वर वडाध्यक्ष आशिष प्रजा, पुर्ववडाध्यक्ष सुर्यबहादुर थिङ, वडा सदस्य विपिराज थिङ लगायतका उपस्थित थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*