महारानी एलिजावेथको सम्मानमा गेसोले चढायो रिथ

असोज, लन्डन – गतसाता निधन भएकी बेलायती महारानी एलिजावेथ द्वितीयलाई गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले श्रद्धाञ्जली अर्पण गरेको छ ।
शुक्रबार लन्डन बकिङहम प्यालेसमा स्वर्गरोहण महारानीको सम्मानमा गोर्खा भूतपूर्व सैनिक संघ (गेसो) ले ‘रिथ’ चढाएको छ ।
कार्यवाहक सभापति धर्म तामाङको नेतृत्वमा रिथ चढाएर श्रद्धाञ्जली अर्पण गरिएको गेसोका कोषाध्यक्ष देवीमाया पुनले बताइन । रिथ चढाउनका लागि दुई दर्जन बढी संख्यामा गेसोका पदाधिकारी एवम् सदस्यहरु उपस्थित रहेको कोषाध्यक्ष पुनले बताइन ।
गत सेप्टेम्बर ८ मा ९६ वर्षको उमेरमा निधन भएकी महारानीको आगामी सोमबार विशेष सम्मानसहित राजकीय अन्त्येष्टि गरिने कार्यक्रम छ ।
महारानीको पार्थिव शरीर अहिले अन्तिम श्रद्धाञ्जलीका लागि वेस्टमिन्स्टर हलमा राखिएको छ । एलिजावेथ बेलायतको इतिहासमै सबैभन्दा बढी राज गर्ने महारानी हुन ।