शैलुङ एजुकेशनद्वारा १२ थान जर्सी वितरण
असोज, हेटौडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ मा रहेको एक क्लबलाई जर्सी वितरण गरेको छ।
हेटौडाको शैलुङ एजुकेशन कन्सलटेन्सीले शिखरपानी टोलको योङ गाईजलाई १२ थान जर्सी वितरण गरेका छन् । कन्सलटेन्सीका प्रबन्ध निर्देशक लिलाकुमार घलानले खेल चौर मै पुगी टिमलाई जर्सी दिनु भएको हो ।
आफ्नै गाउ-ठाउमा रहेको खेलाडीहरुलाई प्रोत्सहनको लागि सहयोग गरिएको घलानले बताए । आगामी दिनमा पनि खेल क्षेत्रमा आफ्नो सहयोग रहने उनले बताए ।







