संबिधान दिवसको अवसरमा बागमती प्रदेश प्रमुख शर्माद्वारा शुभकामना

तामसालिङ खबर
३ आश्विन २०७९, सोमबार ०७:२०

असोज, हेटौंडा – बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधानको मर्म र भावनालाई अक्षरस ः पालना गर्दै कार्यावयन गर्नु सबैको दायित्व भएको बताएका छन् ।

संविधान दिवस २०७९ को शुभकामना सन्देश जारी गर्दै प्रदेश प्रमुख शर्माले आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक, समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गरी जारी गरिएको संविधानको मर्म र भावनालाई अक्षरसःपालना गर्दै त्यसको कार्यान्वयन गर्नु हामी सबैको दायित्व भएको बताएका हुन् ।

प्रमुख शर्माले आफ्नो शुभकामना सन्देशमा नेपाली जनताको संघर्ष, त्याग र बलिदानपछि संविधान जारी भएको २०७२ असोज ३ लाई ऐतिहासिक दिवसको रुपमा स्मरण गरिरहेको उल्लेख गरेका छन् ।

‘नेपालको स्वतन्त्रता,सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको अधिकारलाई आत्मसात् गर्दै देशमा संघीय लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणाली मजबुत बनाउनका लागि संविधान जारी भएको सुखद् दिनका रुपमा ‘संविधान दिवस’ मनाउने गर्दछौं ।’ प्रमुखको शुभकामना सन्देशमा भनिएको छ ।

शर्माले दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न सविधानसभाबाट संविधान पारित भएकोमा गौरवबोध गरिएको शुभकामना शन्देमा उल्लेख गरेका छन् । उनले यस अवसरमा संघीय लोकतान्त्रिक गणतन्त्र स्थापनाको लागि भएका विभिन्न आन्दोलनको क्रममा आफ्नो अमूल्य जीवन उत्सर्ग गर्नुहुने नेपाल आमाका वीर सन्तानप्रति उच्च सम्मान प्रकट गर्दै भावपूर्ण श्रद्धान्जली समेत अर्पण गरेका छन् ।

प्रमुख शर्माले संविधानवादको सिद्धान्तलाई अंगिकार गरी संविधान कार्यान्वयनको सवालमा देखा परेका चुनौती सामना गर्न तत्पर रहनु आजको आवश्यकता भएको जोड दिदै यस दिवसले संविधानले परिकल्पना गरेको महान लक्ष्य प्राप्तिका लागि मन, वचन र कर्मले समर्पित रहन हामी सबैलाई प्रेरणा प्रदान गरोस् भन्ने कामना समेत गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*