हेटौंडामा मनाइयो, भैरव अर्यालको जन्म जयन्ती

तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार १८:३९

असोज, हेटौंडा – हास्यब्यङ्ग्यकार स्वर्गीय भैरव अर्यालको ८६औं जन्मजयन्तीका अवसरमा उनको प्रतिमामा माल्यार्पण गरिएको छ ।

कार्यक्रममा बुढ्यौली समाजका अध्यक्ष तथा बरीष्ठ हास्यव्यङ्ग्यकार आर.सी. रिजालले हेटौंडा–५ स्थित पुष्पलाल स्मृति पुस्तकालय अघि रहेको अर्यालको शालिकमा माल्यार्पण गर्दै मन्तव्य व्यक्त गरेका थिए ।

२०६३ सालमा निर्माण गरिएको अर्यालको सो प्रतिमा मोरङका नविन सुवेदीले तयार गरिदिएको र सो प्रतिमा काठमाण्डौं उपत्यकापछि हेटौंडामा दोश्रो रहेको रिजालले सुनाए । यसै वर्ष मंसिरमा रचना वाचन, सम्मान वितरण लगायत भैरव अर्याल स्मृतिसम्बन्धी विशेष कार्यक्रम गर्ने योजना रहेको पनि उनले बताए ।

कार्यक्रममा साहित्य संगम मकवानपुर अध्यक्ष अनिता न्यौपाने, सिस्नुपानी मकवानपुर उपाध्यक्ष मीनप्रसाद लामिछाने, रमेशमोहन अधिकारी, यमनदेव उत्प्रेरक, किशन पौडेल, प्रगतिशील लेखक संघका सदस्य मसान उपासक, मकवानपुर अध्यक्ष श्रीराम अधिकारी, मातृभूमि साहित्य समाज मकवानपुर अध्यक्ष माधव पोखरेल लगायतका सर्जकहरूको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*