थाहा नगरको सूचनालाई अटेर गर्दै अवैध रुपमा कमेरो माटो उत्खनन्

माथिको आदेश भन्दै सिमभन्ज्याङ प्रहरीले टिफर छोड्यो
तामसालिङ खबर
५ आश्विन २०७९, बुधबार २०:४०

असोज, हेटौडा (थाहा नगर) – मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरबाट अवैध रुपमा कमेरो माटो उत्खनन गरेको तथ्य फेला परेको छ ।

थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको कमेरो माटो अवैध रुपमा उत्खनन् गरि मधेश प्रदेशको जितपुर सिमरामा पुर्याउने कार्य चलेको तथ्य फेला परेको हो ।

थाहा नगरपालिकाले उक्त कार्य बन्द गरि कानुनी प्रक्रिया पुरा गर्न आउनु भनि सूचना प्रकाशित गरेपनि सुचनालाई अटेर गर्दै रातको समय परेपछि सिमभन्ज्याङ्ग दामनको सडक हुँदै माटो लिन लस्करै टिफर छिरेको स्थानीय बताउछन ।

सिमभन्ज्याङ प्रहरी चौकीले केही दिन अघि तीन वटा टिफरलाई नियन्त्रणमा राखेपनि माथिको आदेश आएपछि छोडिएको सिमभन्ज्याङ्ग प्रहरी चौकिका एक प्रहरीले बताए। थाहा नगरको निर्णय के हो ? मलाई थाहा छैन, माथिबाट आदेश आएपछि टिफर छोडिएको ति प्रहरीले बताए ।

मंगलबार मात्रै नगरपालिकामा भएको छलफलले कानुनी प्रक्रिया पुर्याएपछी मात्र माटो उठाउने सहमती भएको थियो । ५ नम्बरका वडाअध्यक्ष बिष्णु बहादुर गुरुङ्गले नगरपालिकाको सूचनालाई अवज्ञा गर्दै रातको समयमा १७ वटा टिफरलाई प्रवेश गर्न दिई कमेरो माटो उत्खनन् गर्न दिएको स्थानियको आरोप छ ।

थाहा ५ खर्कमा टिफरले बाटो खत्तम बनाइसकेकोले तरकारी ढुवानीमा समस्या परेको बताउदै माटो ब्यापारीको यस्तो हर्कतले दुख लागेको स्थानिय बताउछन् । दैनिक ताजा तकारीको ओसारपसार हुने कृषि सडकमा १० चक्के टिफर चलेपछि सडक बिग्रने अबस्था आएपछि तरकारी कसरी निर्यात गर्ने भन्नेमा स्थानिय बासिन्दाहरु चिन्तितमा छन।

त्यस्तै, थाहा नगरले नगर भित्र संचालनमा रहेका, नरहेका सबैलाई प्रक्रिया पुर्याएर आउन तथा तेतिन्जेल सम्म उत्खनन रोक्न सबै वडा कार्यालय लाई पत्र पठाएको थियो ।

नगरको सुचनालाई अटेर गर्दै रातको समयमा कमेरो माटो निकासी भैरहेको छ । प्रहरीले माथिको आदेश भन्दै टिफर छाडेपछी यो माटोमा ठुलै माछाको चलखेल रहेको हुन सक्ने स्थानीय एक नेताले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*