बनस्पतिको युगचेतना नमुना आधारभूत बिद्यालयको अध्यक्षमा स्याङ्तान

तामसालिङ खबर
६ आश्विन २०७९, बिहीबार ०८:०९

असोज, हेटौडा – हेटौडा १३ बनस्पतिमा रहेको युग चेतना नमुना आधारभूत विद्यालयको विद्यालय व्यस्थापन समितिको अध्यक्षमा तेजकुमार स्याङतान चयन भएका छन् ।

विद्यालय शिक्षा नियमावली अनुसार ९ सदस्यीय समितिको सहमतिमा स्याङतान तीन वर्षे कार्यकालका लागि अध्यक्ष चयन भएका हुन् । लामो समयको विवादपछि १३ नम्बर वडाका अध्यक्ष पेम्बा लामा, वडा सदस्य सानुमाया नेपाली तथा मेलमिलाप केन्द्रका वडा संयोजक लक्ष्मी मोक्तान, सदस्यहरु राजन मैनाली, रामबहादुर वाइबा लगायतको उपस्थितिमा छलफल गरेपश्चात सहमति जुटेको हो ।

यसअघि भदौ १३ गते सम्पन्न अभिभावक भेलाबाट अभिभावकको तर्फबाट ४ सदस्यीय समिति गठन गरिएको थियो । समितिमा विद्यालयको १ जना शिक्षक प्रतिनीधि र प्रअ रहने व्यस्था छ भने बुद्धिजीविको तर्फबाट १ जना महिला र पुरुषलाई मनोनित गरिएको हो ।

समितिमा वडाका तर्फबाट एक जना पदेन सदस्य रहने व्यवस्था रहिआएको छ । समितिका सदस्यहरुमा नवराज थिङ, दुदुमाया सिन्तान, रामलाल डिम्डुङ, सर्मिला श्रेष्ठ, विमला स्याङ्बो, पदेन वडा सदस्य सानुमाया नेपाली, शिक्षक प्रतिनीधि लक्ष्मी मैनाली, सदस्य सचिव जयन्ति कुमारी पाठक रहेका छन् । बनस्पतिमा रहेको यस विद्यालयमा २ सय ७० जना विद्यार्थीहरु अध्ययनरत छन् ।

विद्यालयमा बिहान अंग्रेजी माध्यम र दिउँसो नेपाली माध्यममा पढाई हुने गरेको प्रअ पाठकले जानकारी दिनुभयो । युएस आइडीको आर्थिक सहयोगमा निर्माण भएको विद्यालयमा अहिले कक्षा ८ सम्म अध्ययन हुँदै आएको छ । निकट भविष्यमै शिक्षाको गुणस्तरीयतामा जोड दिदै विद्यालयमा १० कक्षासम्म पढाई गराउनका लागि पहलकदमी गर्ने अध्यक्ष स्याङतानले बताउनु भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*