थाहा नगरका जनप्रतिनिधि, वाईसियल र स्थानिले रोके, अवैध रुपमा माटो उत्खनन गरि लैजादै गरेको टिफर

असोज, हेटौडा (थाहा नगर) – मकवानपुरको थाहा नगरबाट अवैध रुपमा कमेरो माटो उत्खनन गरेको खबर पाएपछि नगरका जनप्रतिनिधि र माओवादी केन्द्र, वाइसियलको प्रतिनिधिहरु बुधबार राती नै सिमभन्ज्याङ पुगेको छ ।
थाहा नगरपालिका वडा नम्बर ५ मा रहेको कमेरो माटो अवैध रुपमा उत्खनन् गरि मधेश प्रदेशको जितपुर सिमरामा पुर्याउने गरेको खबर पाएपछि थाहानगरका प्रमुख विष्णुबहादुर बिष्ट, उपप्रमुख भरत गोपाली र माओवादी केन्द्र थाहा नगरका अध्यक्ष बिनोद कुमार लामा, वाइसियल नगर अध्यक्ष लगायतको प्रतिनिधिहरु, स्थानीय बासिहरुले थाहा नगरको नाका सिमभन्ज्याङमा पुगी टिफरलाई रोकाएका छन् ।
नगरपालिकाले उत्खनन कार्य बन्द गरि कानुनी प्रक्रिया पुरा गर्न आउनु भनि सूचना प्रकाशित गरेपनि सुचनालाई अटेर गर्दै रातको समय परेपछि सिमभन्ज्याङ्ग दामनको सडक हुँदै माटो अवैध रुपमा लागिरहेका अवस्थामा प्रहरीले माथिको आदेश भन्दै छोडिएको बेला जनप्रतिनिधि र वाईसियलको प्रतिनिधिहरु, स्थानीय बासिले रोकाएका थिए ।
रोकाएका टिफरहरु नगरको कानुनी नियममा आएर छलफल गर्ने र कानुनी प्रक्रियामा बुझेरमा मात्र छोडिने नगर प्रमुख बिष्टले जानकारी दिनु भयो ।
यस्तो उत्खनन कार्य गर्न भनि वडाले सिफारिस गरेको रहेछ, जब कि वडाले त्यस्तो सिफारीस गर्न मिल्दैन । नगरपालिकाबाट सिफारिस गर्नु पर्ने थियो । नगरको नियम मिच्दै वडा अध्यक्षले मन लाग्दी गर्यो एक नेताले भने ।