मकवानपुरमा बस दुर्घटना, मृत्यु हुनेको संख्या ७ पुग्यो

तामसालिङ खबर
६ आश्विन २०७९, बिहीबार १८:५८

असोज, हेटौडा (भीमफेदी) – मकवानपुरमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ ।

जिल्लाको भिमफेदी गाउँपालिका स्थित जुरिखेतमा बिहिबार दिउँसो काठमाडौंबाट हेटौंडा तर्फ आउँदै गरेको यात्रा बाहक बस दुर्घटना हुँदा घटना स्थलमै ६ जनाको मृत्यु भएको हो भने गम्भिर घाईते भएका एक जनाको उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

दुर्घटनामा परी २४ जना घाईते भएका छन् । घाईते मध्ये ५ जनाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । मृतकको सनाखत हुन बाकी रहेको प्रहरीले जनाएको छ । बस डाडाबाट खस्दा तल्लो सडकमा गुडिरहेको मधेस प्रदेश-०३-००१ ज ०२७१ नम्बरको सुमोमा ठोक्किएको प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*