एमाले जिल्ला कमिटी सदस्य सहित मनहरी ५ का ६५ जनाद्धारा पार्टी परित्याग
असोज, हेटौडा (मनहरी) – नेकपा एमाले मनहरी गाउँपालिका वडा नम्बर ५ का सिङ्गो कमिटीले पार्टी परित्याग गरेको छ ।
नेकपा एस मकवानपुर जिल्ला सचिवालय सदस्य मनिला बिष्ट सहितका नेताहरु मंगलबार पुन: नेकपा एमालेमा फर्किएपछि असन्तुष्ट बनेको जिल्ला सदस्य सहित वडा नम्बर ५ वडा कमिटीका ६५ जनाले एमाले त्यागेको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्नेमा निवर्तमान ५ नम्बर वडाध्यक्ष तथा पार्टी जिल्ला कमिटी सदस्य शुभराज थिङ, गाउँ कमिटी उपाध्यक्ष मोहनलाल थिङ, गाउँ कमिटी सचिवालय सदस्य तथा निवर्तमान कार्यपालिका सदस्य पम्फा रोक्का, ५ नं वडा सह-इन्चार्ज बुद्धिराम मुक्तान, ५ नं वडा कमिटी अध्यक्ष सोमनाथ रुम्बा, उपाध्यक्ष बलराम बस्नेत, उपसचिव लिलाकुमारी आचार्य लगाएतका रहेका छन् ।
छलफल नै नगरी हिजो पार्टी त्यागेकी आज स्थानीय तह सदस्य निर्वाचनमा चुनाव हारेका हारेका लागि पार्टीमा प्रवेश गराएको असन्तुष्टी जनाउदै सिङ्गो वडा कमिटीले राजीनामा दिएको वडाध्यक्ष रुम्बाले जनाएका छन्।
पार्टीलाई तहसनहस पारेर गएकाहरुलाई पार्टीको माथिल्लो नेतृत्वले तल्लो कमिटिसँग छलफल नगरी ल्याएकोमा बिरोध जनाएर पार्टी परित्यागको घोषणा गरेको वडा नम्बर ५ का एमाले अध्यक्ष सोमनाथ रुम्बाले बताए।






