सुख्खा पहिरो गएपछि त्रिभुवन राजपथ अबरुद्ध

तामसालिङ खबर
२२ आश्विन २०७९, शनिबार १०:३१

असोज, हेटौंडा (भिमफेदी) – त्रिभुवन राजपथको भिमफेदी गाउपालिकाको बाह्र घुम्तीमा आज बिहान सुख्खा पहिरो गएपछि सडक अबरुद्ध भएको छ ।

भिमफेदी गाउपालिकाको बाह्रघुम्ती भन्दा केही माथी रहेको तेर्सो सडकमा सल्लाको रुख ढलेको र सुख्खा पहिरो गएपछी सडक पुर्ण रुपमा अबरुद्ध भएको छ । सडक अबरुद्ध भएपछी दर्जनौ सवारीका साधनहरु बिच बाटोमै अलपत्र परेका छन् ।

हेटौंडा हुँदै दामन, पालुङ, काठमाडौ र नामटार तर्फको दुई तर्फी सवारी साधन पुर्ण रुपमा बन्द भएको छ । सुख्खा पहिरो गइरहेको कारण अझै सडक खुल्ने सम्भावना कम रहेको छ । घटना स्थलमा प्रहरी आइसकेका छन, भने पहिरो पन्छाउन कुनै सवारी आएका छैनन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*