मकवानपुर क्षेत्र न १ का स्वतन्त्र उम्मेद्वार तामाङले पाए ‘क्रस खुकुरी’ चुनाब चिन्ह

तामसालिङ खबर
२९ आश्विन २०७९, शनिबार ०७:००

असोज, हेटौँडा – मकवानपुर जिल्लाको प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १ मा स्वतन्त्र उम्मेद्वारी दिएका आइतराम (आराम) तामाङले क्रस खुकुरी चुनाव चिन्ह प्राप्त गरेका छन् । हेटौँडा-१ भैरबरोड निवासी युवा ब्यवसायी तामाङले मकवानपुरको विकासको लागि आफ्नो उम्मेद्वारी भएको बताए ।

‘हामीले ५-७ पटक दलका नेताहरुलाई जिताएर सांसद बनायौँ, कतिलाई मन्त्री पनि बनायौँ, तर मकवानपुरको विकास भने अघि बढेन, यहाँका नेताहरुले जिल्लाको विकासमा योगदान दिन सकेनन् तसर्थ मैले विकासको अजेण्डा बोकेर निर्वाचनको मैदानमा उत्रिएको छ, यो पटक जनताले मेरो चुनाव चिन्ह ‘क्रस खुकुरी’ मा मतदान गर्नेछन भन्नेमा विश्वास छ ।’ तामाङले भने।

तामाङ्गले भ्रष्ट्राचार विरुद्ध आफु जहिल्यै पनि लागेको भन्दै आफुले जितेको अवस्थामा मकवानपुरको क्षेत्र नंबर १ मा विकासको लहर ल्याउने दाबी गरे । क्षेत्र नंबर १ मा कृषि, पर्यटन, शिक्षा, स्वास्थ्य, खेलकुद लगाएतको क्षेत्रमा आफ्नो विशेष योगदान रहने भन्दै उनले युवाको रोजागारको सबालमा आफुले महत्वपूर्ण ध्यान दिने बताए ।

मकवानपुर जिल्ला पर्यटन तथा कृषिको लागि निकै संभावना भएको क्षेत्र रहेको बताउँदै तामाङले यस अघि विजय भएका दलहरुका नेताहरुले यस्ता जनताको विषयमा कुनै वास्ना नगरेको कारण यो पटक आफु उम्मेद्वार भएको उनको भनाई छ ।

लामो समय देश तथा विदेशमा समाजसेवा तथा ब्यापार गरेको अनुभव भएका तामाङले आफ्नो अनुभवलाई क्षेत्र नंबर १ मा प्रयोग गर्दै युवालाई स्वरोजगार बनाउने, समाजसेवाको पाटोलाई निरन्तरता दिने समेत बताए ।

उम्मेद्वारी दर्ता गरेसँगै अन्य दलका नेताहरु चुनावी प्रचारमा पुगेको समयमा तामाङले चितवन मेडिकल कलेजमा उपचार गराइउँदा मृत्यु भएकी विमला रुम्बाको शव परिवार समक्ष ल्याउन सहयोग गरेका छन् । ४० हजार रुपैँया अभावमा शव अस्पतालमा रहेको जानकारी पाएपछि लामाले उक्त रकम तिरिदिएर शव परिवारलाई हस्तान्तरण गरेका हुन् । – खबर ब्रेक बाट

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*