हेटौडा १५ मा गुम्बा चौर संरक्षण समिति गठन, अध्यक्षमा रुम्बा
असोज, हेटौडा – हेटौडा उपमहानगरपालिका वडा नम्बर १५ बुद्धदर्शन टोलमा गुम्बा चौर संरक्षण समिति गठन गरिएको छ । शनिबार बिहान भएको टोल भेला मार्फत सुर्य रुम्बाको अध्यक्षतामा सात सदस्यीय संरक्षण समिति गठन गरिएको हो।
समितिले खेलकुद तालिम स्थल बनाउनको लागि चौर निर्माण गर्ने, चौर सरसफाइ गर्ने र आवश्यक बजेट सम्बन्धित निकायमा माग गर्ने समेत निर्णय गरिएको छ ।
समितिको सचिवमा शेरबहादुर पाख्रिन, कोषाध्यक्ष असली डिमडुङ, सदस्यहरुमा शान्ति पाख्रिन, तिलक मोक्तान, राजकुमार स्याङतान, श्याम रुम्बा लगायत चयन भएका छन ।
समितिको प्रमुख सल्लाहकारमा रग्वि संघ मकवानपुरका अध्यक्ष लिलाकुमार घलान, सल्लहाकारहरुमा बुद्वदर्शन टोल विकास समिति अध्यक्ष सिताराम पाख्रिन, रग्बी संघ मकवानपुरका उपाध्यक्ष भिमबहादुर पाख्रिनर चुरियामाई सामुदायिक बन उपभोक्ता समितिको अध्यक्ष चन्द्र बहादुर पाख्रिन लगायत रहेका छन्।







