हेटौडाको सहिद स्मारकमा खुल्यो, ‘होटल स्मारक’
कार्तिक, हेटौंडा – हेटौडाको पर्यटकिय क्षेत्र सहिद स्मारकमा सुबिधा सम्पन्न ‘होटल स्मारक’ संचालनमा आएको छ।
३३ करोडको लगानीमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ११ नवलपुरको पर्यटकीय क्षेत्र सहिद स्मारकको नजिकै सञ्चालनमा ल्याएको छ ।
१२ कट्ठा ११ धुर क्षेत्रफलमा फैलिएको होटलमा ३५ सयदेखि १८ हजार रुपैयाँ सम्मका कोठा उपलब्ध रहेको छ भने स्मारकमा आउने पर्यटकलाई लक्षित गरी होटल सञ्चालनमा ल्याएको छ ।
तीन सय जना क्षमताको बेन्क्युट हल र १५० जना क्षमताको कन्फ्रेन्स हल सहितको सुविधा रहेको होटलमा स्वीमिङ पुल र पार्किङको सुविधा पनि व्यवस्थापन गरिएको होटलले जनाएको छ ।






