मनहरीका वडाअध्यक्ष अधिकारी घरमै पुगी बाड्छन, सामाजिक सुरक्षा भत्ता

तामसालिङ खबर
१६ कार्तिक २०७९, बुधबार ०७:५८

कार्तिक, हेटौडा (मनहरी) – मनहरी गाउँपालिका ५ नम्बर वडाको वडाध्यक्ष दीपेन्द्र अधिकारी । उहाँले आर्थिक बर्ष २०७९/०८० को पहिलो त्रैमासिक सामाजिक सुरक्षा भत्ता ३० जना बिरामी, अशक्त र अपाङ्ग बृद्धबृद्धाहरुलाई घरमै पुगी वितरण गर्नु भएको छ।

३० जना अशक्त, अपाङ्ग बृद्धबृद्धाहरु सहित ३ सय ८८ जनालाई सांग्रिला बैंक रजैया शाखाको प्राबिधिक सहयोगमा सोमबार र मंगलबार दुइ दिन ५ नम्बर वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको हो ।

जनता संग गरेको बाचा अनुसार आफु जितेर आएपछि गत असार महिनाबाट वडाबाटै वितरण कार्य शुरु गरेको, दोस्रो पटक पनि वडा कार्यालयबाटै सामाजिक सुरक्षा भत्ता वितरण गरिएको वडाअध्यक्ष अधिकारीले बताउनु भयो । भत्ता वितरण कार्य परिस्कृत गर्दै निरन्तर रहने उहाँले भन्नु भयो।

दुई दिन सम्म सामाजिक सुरक्षा भत्ता वितरण गरिएको कार्यक्रममा बैंकका कर्मचारीहरु, वडा सचिब बिदुर पाठक, वडा सदस्यहरु, कर्मचारीहरु खटिएको थियो।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*