बाराको सिंगौलमा गुम्बा मेला हुने
कार्तिक, बारा (निजगढ) – निजगढ नगरपालिका वडा नम्बर ३ सिंगौल स्थित टासी धार्गेलिङ बौद्ध गुम्बामा आउँदो २० गतेबाट मेला सुरु हुने भएको छ ।
बिगत बर्षहरु माझैँ यस बर्षपनि सोही दिन पारेर ३ दिने धार्मिक गुम्बा मेला लगाउने भएको हो । पितृको सम्झनामा कार्तिक पुर्णिमाको दिन तामाङ समुदायले रातभर बती बाल्ले गरेका छन् । बती बाल्ने कार्य संगै मनोरंजनका लागि ३९ बर्ष अघिबाट मेला समेत लाग्दै आइरहेको स्थानियले बताए ।
कार्तिक पुर्णिमाको दिन आर्थिक हैसित बलियो भएकाहरु काठमाण्डौको स्वयम्भुनाथ, बौद्ध विहारमा गइ आफ्ना पितृको सम्झनामा बती बाल्ने गर्दछन् भने कमजोर आर्थीक अवस्था भएकाहरुले स्थानिय गुम्बाहरुमा नै पितृ मोक्षको कामना गर्ने गरेको नवगठित गुम्बा ब्यबस्थापन समितिका अध्यक्ष सुकराम जिम्बाले बताउनु भयो ।
गुम्बामा पितृको सम्झनामा बती बाल्ने कार्यका लागि सिंगौलमा रहेका तामाङ समुदायका अगुवाले आवश्यक ब्यवस्थापन गरेका छन् । उक्त स्थानमा बत्ति बाल्न र मेला भर्न छिमेकी जिल्ला मकवानपुर, रौतहट पर्सा सिन्धुली काभ्रे लगायतका विभिन्न स्थानहरुबाट समेत मानिसहरु आउने गरेको अध्यक्ष जिम्बाले बताउनु भयो ।
साबिक भरतगज सिंगौल वडा नम्बर ४ मा तामाङ समुदायको बाक्लो बस्ती रहेकोले तामाङ समुदायको समस्यालाई मध्यनजर गर्दै स्वर्गीय टेकबहादुर योन्जनको पहलमा मिति २०४१ सालमा टासी धार्गेलीङ बौद्ध गुम्बा स्थापना भएसंगै सोहि स्थानको तामाङ समुदायले कार्तिक पुर्णिमाको दिन पितृ मोक्षको कामना गरी गुम्बामा रातभर बत्ति बाल्ने गरिँदै आएको छ ।
मेलामा रोटेपिङ, झुला, इलेक्ट्रोनिक रेल, ड्राइग रेल र इलेक्ट्रोनिक हेलिप्याडको बेवास्था गरियको छ । मेला २० गते बाट लाग्ने भएता पनि ब्यापारीहरुका लागि विभिन्न स्टल भने आजैबाट वितरण गरि मेलाको सम्पूर्ण कार्य सम्पन्न भएको समेत राखिएको मेला ब्यबस्थापन समितिको अध्यक्ष विजय योन्जनले बताउनु भयो ।
मेलामा चर्चित गायक उर्गेन दोङ लगायत चर्चित अन्य कलाकार र स्थानीय कलाकार को मेलामा बेजोड प्रस्तुत गर्ने कार्यक्रम रहेको मेला ब्यबस्थापन समितिको उपाध्यक्ष कारण बलले बताउनु भयो ।






