सिमभन्ज्याङ, दामन क्षेत्रको खाली जग्गालाई नगरपालिकाले भोगचलनमा ल्याई ठुला लगानीकर्ता भित्र्याउछु – नगर प्रमुख बिष्ट

तामसालिङ खबर
२६ कार्तिक २०७९, शनिबार १९:३४

कार्तिक, हेटौडा (थाहा नगर) – थाहा नगरको पर्यटकीय क्षेत्र दामन सिम्भन्ज्याङको खाली जग्गालाई नगरपालिकाले भोगचलनमा ल्याएपछि ठुला लगानीकर्तालाई भित्र्याई ठुला होटल निर्माण गर्न लिजमा दिने बिषयमा कार्य थालनी गरिने भएको छ।

शनिबार पालुंङ जेसिजले आयोजना गरेको जेसिज सप्ताह २०२२ को समापन समारोहलाई सम्बोधन गर्दै थाहा नगरका प्रमुख बिष्णु बिष्टले उक्त कुरा बताउनु हुँदै ‘थाहा नगरको पर्यटन विकासको प्रबर्द्धन गर्नको निम्तिपनि सिम्भन्ज्याङ, दामन देखी नयाँगाउँ सम्मको खाली जग्गालाई नगरपालिकाको मातहतमा ल्याउनसके ठुला होटल तथा रेस्टुरेन्ट व्यावसायीलाई जग्गा भाडामा दिएर थाहा नगर आउने पाहुनालाई उचित वासको प्रबन्ध गर्न सके नगरको पर्यटन विकासमा ठुलो फड्को मार्ने भएकोले अब बन्ने नया सरकार संग पहल समेत गरिने बताउनु भयो |

नगरको विकासमा सम्भावना र चुनौती दुवै भएकोले पोलिसी राम्रो बनाउन नसके नगरको विकासले फड्को मार्न नसक्ने भएकोले नगरपालिकाको नीतिनिर्माण गर्दा जेसिज जस्ता संस्था हरुको पनि सुझाव र सल्लाह आवश्यक पर्ने हुदा सकारात्मक सुझावको अपेक्षा रहेको प्रमुख बिष्टले बताउनु भयो ।

पालुङ जेसिज बर्ष २०२२ का अध्यक्ष जयराम खत्रीको अध्यक्षतामा भएको जेसिज सप्ताह समापन समारोहमा थाहा नगरका प्रमुख बिष्णु बिष्टको प्रमुख आतिथ्यतामा भएको थियो। त्यस्तै समापन कार्यक्रममा नेपाल जेसिज २०२२ का महासचिव कृष्ण सापकोटा,जेसी आइ बसामाडी २०२२ का अध्यक्ष चिराग अग्रवाल, मकवानपुर गढी जेसिजका सस्थापक अध्यक्ष पुष्पराज पुडासैनी, नेपाल जेसिजका २०२२ का नोम एडिटर सरोज अधिकारी, थाहा नगर उधोग बाणिज्य संघका अध्यक्ष कविराज खत्री, पालुङ जेसिजका संस्थापक अध्यक्ष पुर्षोतम ढकाल, थाहा ३ का वडा अध्यक्ष हिरेन्द्र रायमाझी, फरक सोचका अध्यक्ष यादव रायमाझी, कृषि बिकास बैक पालुङ शाखाक प्रमुख नन्दराम अधिकारी, शिवशिखर बहुउद्देश्यीय सहकारी संस्थाका व्यवस्थापक शुदर्शन गुरुङ, पालुङ बहुउद्देश्यीय सहकारीका व्यवस्थापक प्रकाश पौडेल, पालुङ क्याम्पसका क्याम्पस प्रमुख राजन मिश्र, लगायत जेसिजका पुर्व अध्यक्षहरु सहित बिभिन्न संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको थियो।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*