निर्वाचनलाई निष्पक्ष रुपमा सम्पन्न गराउनुपर्छ : मुख्य निर्वाचनअधिकृत

तामसालिङ खबर
२९ कार्तिक २०७९, मंगलवार ०५:४२

कार्तिक, हेटौडा – मकवानपुरका मुख्य निर्वाचन अधिकृत ऋषिराम निरौलाले यस जिल्लामा मंसिर ४ गते हुने प्रतिनिधीसभा र प्रदेशसभाको निर्वाचन स्वतन्त्र, निस्पक्ष र भयरहित ढंगले सम्पन्न गराउनका लागि लागिपरेको वताउनु भएको छ ।

नेपाल पत्रकार महासंघ मकवानपुर शाखा अन्तर्गतको फ्रि मिडिया नेटवकको बैठकमा बोल्दै उहाँले निर्वाचन अधिकृतको कार्यालय, प्रहरी, प्रशासन, पत्रकार सबै मिलेर निर्वाचनलाई निस्पक्ष र भयरहित ढंगले गराउनका लागि सहयोग आवस्यक रहेको वताउनुभयो ।

सबैले आफ्ना क्षेत्रबाट निर्वाचन आचार संहिताको पालना गरेर निर्वाचनलाई निस्पक्ष रुपमा सम्पन्न गराउन लाग्नुपर्ने वताउनुभयो । आचार संहिता पालना गरेनगरेको विषयमा उजुरी पर्ने वित्तिकै सचेत गराउने गरिएको वताउनुभयो । यो चुनावमा कतैबाट पनि दवाव महसुस नगरेको उहाँले वताउनुभयो ।

कार्यक्रममा नेपाल पत्रकार महासंघका अध्यक्ष विपुल पोख्रेलले पत्रकारहरुले आचार संहिता पालना गरिरहेको र पालना गराउनका लागि लागिपरेको वताउनु भएको छ । निर्वाचन आयोगले यो चुनावमा मिडियालाई लिखित स्पष्टिकरण सोध्ने, समाचार हटाउन भन्ने जस्ता कार्य पत्रकार महासंघलाई स्वीकार्य नभएको वताउनुभयो । चुनावका बेला पत्रकार र मिडिया पनि निस्पक्ष रुपमा काम गर्नुपर्ने सुझाब दिनुभयो ।

कार्यक्रममा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले चुनाबका दिनमा र मतगणना गर्ने दिनमा सकेसम्म पत्रकारहरुलाई सहज रुपमा समाचार संकलन गर्ने वातावरण तयार गर्ने वताउनुभयो । सबैलाई कानून लाग्ने भएजस्तै पत्रकारलाई पनि कानून लाग्ने उहाँले वताउनुभयो । सञ्चार क्षेत्रबाट निस्पक्ष रुपमा कलम चलाउनका लागि उहाँको आग्रह छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*