मंसिर १ गतेदेखि ५ गतेसम्म जिल्ला प्रशासन कार्यालय मकवानपुरको सबै सेवा बन्द हुने
कार्तिक, हेटौडा – जिल्ला प्रशासन कार्यालय मकवानपुरले मंसिर १ देखि ५ गतेसम्म अत्यावश्यक बाहेकका अन्य सेवा प्रवाह नगर्ने भएको छ ।
आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभाको निर्वाचनका लागि कार्यालयमा कार्यरत रहेका कर्मचारीहरू मतदान केन्द्रमा खटिएकाले अत्यावश्यक बाहेकका सेवा प्रवाह नहुने सहायक प्रमुख जिल्ला अधिकारी हरिदत्त कडेलद्वारा जारी सूचनामा जनाइएको छ ।
निर्वाचन अबधिभर शान्ति सुरक्षा तथा विपद् व्यवस्थापन लगायत अत्यावश्यक सेवा मात्रै प्रवाह गरिने सूचनमा उल्लेख छ । त्यस बाहेक नागरिकता, राष्ट्रिय परिचयपत्र, पासपोर्ट र विभिन्न सिफारिस तथा अन्य सम्पूर्ण सेवाहरू प्रवाह नहुने जनाइएको छ ।
सामान्य, संवेदनशील र अति संवेदनशील मतदान केन्द्रको पहिचान गरी त्यहाँ आवश्यक सुरक्षाको प्रबन्ध मिलाइ सकिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।







