हेटौंडाका मोक्तान गंगटे जंगलमा मृत अवस्थामा फेला

मंसिर, हेटौडा (भीमफेदी) – मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्वर ८ ईपास्थित गंगटे जंगलमा शुक्रबार एक जनाको शव फेला परेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ कमाने बस्ने २४ वर्षीय कृष्ण मोक्तानको रहेको मकवानपुर प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार, शुक्रबार ४ बजेको समयमा जंगलमा अन्दाजी ५ सय मिटर तल खोल्सामा मानिस मृत अवस्थामा रहेको भन्ने खबर प्राप्त सुचनाको आधारमा प्रहरी निरीक्षकको कमाण्डमा टोली खटी साँझ साढे ५ बजेको समय घटनास्थल पुगेको थियो ।
मोक्तानको अवस्था हेर्दा भिरबाट लडी मृत्यु भएको जस्तो देखिएको भएपनि घटनाको बारेमा पोष्टमार्टमको रिपोट आएपछि मात्रै थाहा हुने जनाएको छ ।