मकवानपुरका संचारकर्मीले मिडिया हाउसको कार्ड प्रयोग गरि समाचार संकलन गर्न सकिने
मंसिर, हेटौडा – आइतबार हुने प्रतिनिधि तथा प्रदेश सभा निर्वाचनको बेला समाचार संकलन गर्न सञ्चारकर्मीहरुले आफु आवद्धता रहेको मिडिया हाउसको कार्ड प्रयोग गरि समाचार संकलन गर्न सकिने भएको छ ।
नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले सुचना जारी गर्दै सुचना तथा प्रशारण विभाग, सञ्चार रजिष्ट्रार कार्यालयले जारी गरेको परिचय पत्र, नेपाल पत्रकार महासंघका कार्ड र सम्बन्धित निकायमा दर्ता भई प्रेस काउन्सिल नेपालमा सुचीकृत भएका मिडिया हाउसले जारी गरेका कार्ड प्रयोग गरि समाचार संकलन गर्न मिल्ने महासंघका अध्यक्ष मणिराज गौतमले बताउनु भयो ।
निर्वाचनको दिन सुरक्षाकर्मीले प्रष्ट देखिनेगरी कार्ड लगाउने, सवारी साधनमा दुई पाङ्ग्रेमा २ जना र चारपाङ्ग्रेमा सवारी चालक बाहेक सिट संख्याको आधारमा संचारकर्मीहरु मात्र आवतजावत गर्न पाइने सुचनामा उल्लेख छ । संचारकर्मीहरुले कार्डको दुरुपयोग नर्गन समेत महासघले आग्रह गरेका छन् ।







