मकवानपुर २ क मा मोक्तानले बनाईन बराबरी
मंसिर, हेटौंडा – हेटौंडामा जारी मतगणनामा मकवानपुर प्रतिनिधिसभा क्षेत्र नम्बर २ प्रदेश सभा “क” मा बाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवार कुमारी मोक्तानले मतान्तर घटाउदै एमालेका उम्मेद्वार बिष्णु प्रसाद ढकाल संग बराबर मत ल्याउनु गर्नुभएको छ ।
हालसम्म १७ हजार ४८ मत गणना हुँदा मुख्य प्रतिष्पर्धी मोक्तान र ढकालले बराबर मत ७ हजार ४ सय ५५ मत प्राप्त गरेका हुन् । यसअघि मोक्तान २ सय ८९ मतले पछि परेको थियो ।
त्यस्तै, राप्रपाका उम्मेद्वार रामबहादुर घलेले १ हजार १ सय ३४ मत प्राप्त गरेका छन् ।






