नगरपालिका संघको सहकोषाध्यक्षमा हेटौंडा उपमहानगर प्रमुख लामा
पुष, हेटौंडा – नेपाल नगरपालिका संघको बुधबार सम्पन्न आठौं अधिवेशनबाट हेटौंडा उपमहानगरपालिकाकी प्रमुख मीनाकुमारी लामा सह-कोषाध्यक्ष चयन हुनुभएको छ । काठमाडौंमा सम्पन्न अधिवेशनबाट लामा सर्वसम्मत सह-कोषाध्यक्षमा चयन हुनुभएको हो ।
अधिवेशनबाट धादिङ्गको निलकण्ठ नगरपालिकाका प्रमुख भीमप्रसाद ढुंगाना अध्यक्षमा निर्वाचित हुनुभएको छ भने उपाध्यक्षमा सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढीका प्रमुख कृष्णप्रसाद सापकोटा चयन हुनुभएको छ । दाङ जिल्लाको घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरी महासचिवमा निर्वाचित हुनुभएको छ ।







