चेपाङ समुदायको पहिलो गायक रबिनकुमार चेपाङ सहित ६ जना पुरस्कृत हुँदै

तामसालिङ खबर
१० पुष २०७९, आईतवार ०७:२०

पुष, हेटौडा – चेपाङ समुदायकै पहिलो गायक रबिनकुमार चेपाङ सहित ६ जना पुरस्कृत हुनुहुने भएको छ । भीम विराग संगीत, साहित्य, कला प्रतिष्ठानले विभिन्न क्षेत्रका ६ जना व्यक्तित्वलाई पुरस्कृत गर्ने कार्यक्रम स्वरुप गायक चेपाङलाई विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट पुरस्कृत गर्न लागिएको हो ।

विजय बानियाँ स्मृति लोक संगीत पुरस्कारबाट गायक रविन्द्रकुमार चेपाङलाई पुरस्कृत गरिने भएको छ। चेपाङलाई २० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने भएको हो । यहि शनिबार एक समारोहका बीच पुरस्कृत गरिने भएको छ।

त्यस्तै प्रतिष्ठानले तुलसीमाया शिवकुमारी सिर्जनशील नारी पुरस्कारबाट साहित्यकार भावना सापकोटालाई पुरस्कृत गर्ने भएको छ। आँचल साहित्य कला पुञ्जकी अध्यक्ष समेत रहनुभएकी सापकोटालाई १० हजार रुपैयाँ राशिसहित पुरस्कृत गरिने बताइएको छ।

भीम-मथुरा बाल प्रतिभा पुरस्कारबाट हेटौंडा-२ स्थित बालजागृति इंग्लिस सेकेण्डरी स्कूलकी छात्रा सुविज्ञा सुवेदीलाई पुरस्कृत गरिने भएको छ । बाल साहित्यमा सक्रिय सुवेदीलाई ७ हजार ५ सय रुपैयाँ राशीसहित पुरस्कृत गरिन लागेको हो ।

यस्तै चिनुकुमारी लामा स्मृति साहित्य पुरस्कारबाट काठमाडौंका साहित्यकार बासुदेव गुरागाईँलाई पुरस्कृत गरिने भएको छ । गुरागाईँलाई १५ हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिने बताइएको छ । यसैगरी मंगलादेवी स्मृति स्वास्थ्य सेवा पुरस्कारबाट स्वास्थ्यकर्मी बेला वैद्यलाई पुरस्कृत गरिने बताउनुभयो ।

उहाँलाई १० हजार रुपैयाँ राशीसहित पुरस्कृत गरिन लागेको प्रतिष्ठानका महासचिव श्रेष्ठले बताउनुभयो ।

 

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*