बागमती प्रदेशमा दलको नेता छान्न आज कांग्रेसको निर्वाचन हुँदै

एमालेको १४, माओवादी केन्द्रले १६ गते दलको नेता छान्ने
तामसालिङ खबर
१३ पुष २०७९, बुधबार ०७:०७

पुष, हेटौँडा – बागमती प्रदेशको प्रदेशसभामा सहभागी तिन ठुला दल मध्येका सबैभन्दा ठुलो दल नेपाली कांग्रेसले आज हेटौँडामा दलको नेता छान्न निर्वाचन गरिदै छ । संसदीय दलको नेताको लागि कांग्रेसबाट केन्द्रिय सदस्य बहादुर सिं लामा र प्रदेश सभापति इन्द्रबहादुर बानीयाँबिच कडा प्रतिस्पर्धा हुँदै छ ।

त्यस्तै, नेकपा एमाले बागमती प्रदेशको संसदीय दलको नेता छान्न पुष १४ गते बिहिबार हेटौंडामा संसदीय दलको बैठक राख्ने भएको छ । बैठकले सकेसम्म सहमतिको आधारमा, नभए लोकतान्त्रिक विधिबाट भएपनि संसदीय दलको नेता चयन गर्ने जनाईएको छ । एमालेबाट केन्द्रीय सदस्य जगन्नाथ थपलिया (जे.एन) दलको नेता सर्वसम्मत हुने सम्भावना बढेको छ ।

त्यस्तै गरि, नेकपा माओवादी केन्द्रले पनि पुस १६ गतेभित्र दलको नेता छान्ने जनाएको छ । माओवादी केन्द्रभित्र दलको नेताको लागि प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल सहित शालिकराम जम्कट्टेल र युवराज दुलालको चर्चा छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*