आज तमु ल्होछार, गुरुङ समुदायको नयाँ बर्ष शुभारम्भ

तामसालिङ खबर
१५ पुष २०७९, शुक्रबार ०७:०२

पुष, काठमाडौं – आज तमु ल्होसार । गुरुङ समुदायको नयाँ बर्ष ‘तमु ल्होसार’ पर्व हरेक १५ पुसमा मनाउने गर्छन् । गुरुङ समुदायले ’तो ल्हो’ (बाघ वर्ग) को बिदाइ गर्दै ’हि ल्हो’ (बिरालो वर्ग) को स्वागत गरेर भव्य रूपमा बिबिध कार्यक्रम गरि मानाउदै छन् ।

‘ल्हो’ को अर्थ वर्ष र ‘सार’ को अर्थ नयाँ भएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । यस दिन गुरुङ समुदायले हर्षोल्लासका साथ आफ्नो भेषभुषा र नयाँ परिकार ग्रहण गरी नयाँ वर्षलाई स्वागत गर्दछन् । ‘तमु ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ समुदायको बाहुल्य रहेको नेपालको धेरै जिल्लाहरुमा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

पुस १५ गतेको रात सबैभन्दा लामो हुने र यसपछिका रात घट्दै जाने भएकाले पनि यस पर्वको महत्व रहेको बताइन्छ । तामाङ र शेर्पा जातिको बसोबास भएको क्षेत्रमा भने माघ र फागुनमा यो पर्व मनाइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*