चर्को व्याजदरको विरोध गर्दै मकवानपुरका ब्यबसायी

तामसालिङ खबर
१५ पुष २०७९, शुक्रबार ०८:२७

पुष, हेटौंडा – मकवानपुरका व्यवसायी बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरको विरोध गर्दै प्रदर्शन गरिरहेका छन् । बिहीबार बिहान मकवानपुर जिल्लाका व्यवसायीले बुद्धचोकमा प्रर्दशन गरेका छन् । फर्निचर तथा फर्निसिङ व्यवसायी, मोवाइल व्यवसायी सहित विभिन्न क्षेत्रका व्यवसायीले बुद्धचोकमा प्रदर्शन गरेका हुन् ।

बैंक तथा वित्तीय संस्थाले ८ देखि ९ प्रतिशतसम्ममा प्रवाह गरेको ऋणको व्याजदर अहिले बढाएर १८ प्रतिशतसम्म असुल्न थालेका छन् । व्यवसायीले कालो व्यानरमा बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरको विरोध गर्नुका साथै प्लेकार्डमा पनि विभिन्न नारा लेखेर प्रदर्शन गरेका छन् ।

तरलता अभाव भएको भन्दै बैंक तथा वित्तीय संस्थाले पुरानो ऋणको व्याजदर बढाएको छ भने नयाँ ऋण लगानी गर्न सकेको छैन । बैंक तथा वित्तीय संस्थाले ऋण प्रवाह गर्न नसक्दा आर्थिक क्रियाकलाप खुम्चिएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*